
काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट १.८६५९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गर्ने फाइनान्सले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij