Logo

Dec 22 2024 | २०८१, पुस ७गते

images
आज  लिबर्टी ईनर्जीको ५० प्रतिशत हकप्रदमा आवेदन दिने अन्तिम दिन

नया सडक

२०८१, पुस ७ आइतबार

  • 114
    Shares

  • आज  लिबर्टी ईनर्जीको ५० प्रतिशत हकप्रदमा आवेदन दिने अन्तिम दिन

    काठमाडौं । लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले मंसिर १६ गतेदेखि निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कम्पनीले कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयरमा आवेदन दिने अन्तिम समय पुस ७ गतेसम्म यस अघिनै तय गरिएको थियो । हकप्रद शेयरमा आवेदन दिन बाँकी शेयरधनीहरुले बैंकिङ समयभित्र आवेदन पेश गर्न कम्पनीले भनेको हो ।

    यो हकप्रद शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस