Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

नेप्सेद्वारा सूचीकरण शुल्क नबुझाएका कारण  २२ कम्पनी निलम्बित

नेप्सेद्वारा सूचीकरण शुल्क नबुझाएका कारण  २२ कम्पनी निलम्बित

  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २२ कम्पनीहरूलाई निलम्बन गरेको छ ।  तीमध्ये  एउटा होटल, १३ उत्पादनमूलक कम्पनी, पाँच फाइनान्स कम्पनी, दुई व्यापार कम्पनी र एउटा अन्य कम्पनी रहेका छन् ।मर्जर सम्झौता र सूचीकरण शुल्क नबुझाएका ती कम्पनीहरूको शेयर कारोबार रोक्का गरिएको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले  जानकारी सार्वजनिक गरेका हुन् ।

    कहिलेकाहीँ सूचीकरण नियमावली अनुसार काम नगर्ने र शूल्क नबुझाउने कम्पनीहरुलाई स्पष्टिकरण सोधेर पनि नेप्सेले कारोबार रोक्का गर्ने गरेको छ ।यो शुल्क नतिरेका कारण याक एण्ड यति, फिल्म डेभलपमेन्ट कम्पनीलगायतका शेयर कारोबार रोक्का राखिएका छन् । याक एण्ड यति होटलले पनि सूचीकरण शुल्क नबुझाएको उनले जनाए । यसैगरी नेपाल फिल्म डेभलपमेन्ट कम्पनी भने टाट पल्टेको कम्पनी हो । टाट पल्टेर लगानी सबै डुबेपछि नेप्सेले कारोबार रोक्का राखिदिएको लामो समय भइसकेको छ ।
    यस्तै, नेप्सेमा सूचीकृत भएका बुटवल स्पिनिङ मिल्स, श्री राम सुगर मिल्स, सम्झना फाइनान्स, नेपाल शेयर मार्केट, गोरखकाली रबर उद्योग लिमिटेडलाई पनि नेप्सेले निलम्बन गरेको छ ।

    नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये १ अर्ब रुपैयाँसम्म पुँजी भएकाहरूले वार्षिक ५० हजार र त्योभन्दा माथि चुक्ता पुँजी भएका कम्पनीहरूले एक लाख रुपैयाँ तिर्नु पर्ने  व्यवस्था रहेकोमा  सो अनुरुप शुल्क नतिरेका कम्पनीलाई कारबाही स्वरुप निलम्बन गरिएको प्रवक्ता पराजुलीले बताए ।

    सूचीकरण नियमावली अनुसार वार्षिकरुपमा सूचीकरण शुल्क बुझाउनै पर्ने व्यवस्था रहेको प्रवक्ता पराजुली बताउछन् । श्रीराम सुगर मिल्सले २०७७, बुटवल स्पिनिङ मिल्स २०५९, याक एण्ड यति होटल २०६२, सम्झना फाइनान्स र नेपाल शेयर मार्केट २०६७ सालदेखि नै निलम्बनमा परेका छन् ।

    जसले गर्दा उक्त कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ता समस्यामा परेका छन् । ती कम्पनीहरुले नवीकरण शुल्क नबुझाइ सञ्चालन नआउने भन्दै प्रवक्ता पराजुलीले जसको ती कम्पनिमा शेयर थियो, उनीहरुले अहिले शेयर कारोबार नै गर्न नपाउने भएकोले सावाँ व्याज केही पनि लिन नपाएको बताए । कतिपय २२ वर्षदेखि नै निलम्बनमा परेको भन्दै उनले ती कम्पनीमा लगानी गर्ने शेयरधनीको जिम्मेवारी आफुहरुले लिन नसक्ने पनि बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij