Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

चालु आवको पहिलो तीन महिनामा चार विकास बैंक घाटामा, अधिकांशको नाफा घट्यो

चालु आवको पहिलो तीन महिनामा चार विकास बैंक घाटामा, अधिकांशको नाफा घट्यो

  • काठमाडौँ । १२ वटा विकास बैंकहरूमा  चार वटा विकास बैंकहरु नोक्सानीमा गएका छन् । ७ वटा विकास बैंकको  नाफा घटेको छ । चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिकको सार्वजनिक  वित्तीय विवरण अनुसार विकास बैंकहरुको नाफामा ५४.६५ प्रतिशतले घटेको हो । 

    बैंकहरुले गत वर्ष आर्थिक वर्ष पहिलो त्रैमासिकमा १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएकामा चालु आवको तीन महिनामा  ६२ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ।ऋण असुली नहुँदा खराब कर्जा बढेर प्रोभिजनिङ बढेकोले बैंकको नाफामा गिरावट आएको हो। बैंकहरुको ब्याज आम्दानी पनि घटेको छ।

    १२ वटा बैंकमध्ये ५ वटाको नाफा  बढ्दा  ४ वटा नोक्सानीमा छन्। ज्योति विकास बैंकको नाफा सबैभन्दा धेरै ५३.४८ प्रतिशतले घटेको छ। मितेरी डेभलपमेन्ट बैंकले नाफा सबैभन्दा धेरै नाफा २४२.६६ प्रतिशतले बढाएको छ।

    ५ विकास बैंकका नाफा बढेका छन् । नाफा बढेका विकास बैंकहरूमा  गरिमा विकास बैंक, कामना विकास बैंक, महालक्ष्मी विकास बैंक मितेरी विकास बैंक र करपोरेट विकास बैंक रहेका छन् ।

    नारायणी विकास बैंक, ग्रीन विकास बैंक, सिन्धु विकास बैंक र लुम्बिनी विकास बैंक घाटामा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij