Logo

Dec 22 2024 | २०८१, पुस ७गते

images
निजामति ऐनमा ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक’ सवाललाई समावेश गर्नुपर्ने माग

नया सडक

२०८१, पुस ७ आइतबार

  • 216
    Shares

  • निजामति ऐनमा ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक’ सवाललाई समावेश गर्नुपर्ने माग

    काठमाडौँ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक’ समुदायलाई पनि समावेश गर्नुपर्ने माग गरिएको छ । 

    प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान ९तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिङ्गी० अधिकार र समावेशिकरण’ विषयक छलफलमा सहभागी सो समुदायका अधिकारकर्मीले निजामती सेवामा प्रवेशका लागि यस्तो व्यवस्था गरिनुपर्ने गर्नुपर्ने माग गरेका हुन् । 

    राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिबाट पास भएको सो विधेयक हाल छलफलकै क्रममा रहेको छ । सभासद् सुनिलबाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले पनि निर्वाचनमा उम्मेदवार हुन पाउनुपर्ने र संसद्मा उनीहरुको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि साविकको निर्वाचनसम्बन्धी कानुनमा परिमार्जन गरिनुपर्नेमा जोड दिनुभयो । 

    तेस्रो लिङ्गी ९महिला० दीपक महर्जनले आफूहरूले नागरिकता नपाउँदा रोजगारी, शिक्षा र स्वास्थ्य उपचारलगायत सबै क्षेत्रको अधिकारबाट बञ्चित हुनु परेको भन्दै पहिचान खुल्ने गरी सहज रुपमा नागरिकता पाउनुपर्ने माग गर्नुभयो । तेस्रो लिङ्गी ९पुरुष० मधु केसीले राज्यले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । 

    छलफलमा सांसद हर्कमाया विश्वकर्मा, रोशन कार्की, कल्पना मियाँ कुमारी, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, सीताकुमारी राना, सुशीला श्रीपाली ठकुरी, आशा विक र लक्ष्मी तिवारीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नागरिकतासँगै समावेशीता, रोजगारी, शिक्षा र स्वास्थ्यलगायतका विषयमा गम्भीरतापूर्वक छलफल गरी त्यसको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो ।रासस 

    प्रतिक्रिया दिनुहोस