काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज पुस ७ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
महुली लघुवित्तको एफपीओमा मागभन्दा ३१ गुणा बढी पर्यो आवेदन
काठमाडौं । महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा १ अर्ब ४७ करोड ४१ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज (पुस ७ गते)साँझ ५ः०६ बजेसम्ममा १० लाख २२ हजार ११५ जनाले १ करोड ४७ लाख ४१ हजार ७२० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ३१।००५ गुणा बढी हो ।
महुलीले शुक्रबार (पुस ५ गते) देखि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ ।
यस्ता छन् मन्त्रीपरिषद् बैठकले गरेका महत्वपूर्ण १९ निर्णयहरु
काठमाडौँ । सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग र प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारले दैलेख–कालीकोट–जुम्ला १३२ केभी प्रसारण लाइनको टावर निर्माणका लागि दैलेख, कालीकोट र जुम्ला जिल्लामा करिब १२ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को यही पुस ५ गतेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री सुथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
प्रहरी नायब महानिरीक्षकद्वय सिंह र बोहराको बढुवा
काठमाडौँ ।सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग र प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको छ ।कालिन्चोक दर्शन लिमिटेडको साधारण सभा पुस २९ गते , हकप्रद सेयर निष्कासन गर्नेकाठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा बद्रीनाथ होटल, गौसाला पिंगलास्थान काठमाडौंमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । कम्पनीका सेयरधनीको यसपटक पनि हात खाली हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७९–८० मा पनि लााभांश वितरण गरेको थिएन ।सञ्चालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने प्रावधान सच्याउन व्यवसायीको आग्रहकाठमाडौं । नेपाल निर्जीवन बिमा व्यवसायी संघले सञ्चालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको १ बर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको संघको भनाई छ ।नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजनकाठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ७४२ रुपैयाँलाई आधार मानेर यसको भाउ समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ६८७.०४ रुपैयाँ कायम भएको छ ।सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट संशोधनसहित पारितकाठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित गरेको छ ।
विधेयकमाथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधिसभा सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो । सभापति चालिसेले विधेयकमाथिको संशोधन प्रतिवेदन दुई दिनभित्र तयार पार्न समिति सचिवालयलाई निर्देशनसमेत दिनुभएको छ ।हिमालयन डिष्टिलरीको साधारण सभा पुस २८ गते , लाभांश प्रस्ताव पारित गर्नकाठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
कम्पनीले पुस २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, वीरगञ्ज महानगरपालिका वडा नं. २१, लिपनिविर्ता, पर्सामा २४ औं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान १० बजे शुरु हुनेछ ।
शेयर बजार : नेप्से परिसूचकमा १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा,४ अर्ब ५१ करोडभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा आएको छ । आज ४ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जम्मा २ वटा समूहका सूचकमात्र बढेका छन् । बजार घटे पनि यस दिन ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
यस दिन ३१९ कम्पनीको ९१ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
आज लिबर्टी ईनर्जीको ५० प्रतिशत हकप्रदमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले मंसिर १६ गतेदेखि निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयरमा आवेदन दिने अन्तिम समय पुस ७ गतेसम्म यस अघिनै तय गरिएको थियो । हकप्रद शेयरमा आवेदन दिन बाँकी शेयरधनीहरुले बैंकिङ समयभित्र आवेदन पेश गर्न कम्पनीले भनेको हो ।
यसपटक प्रभु बैंकले लाभांश वितरण नगर्ने
काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यसपटक सीवाइसी नेपाल लघुवित्तले लाभांश नदिने
काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । यस कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो ।
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको साधारण सभा पुस २९ गते , लाभांश प्रस्ताव पारित गर्न
काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट १.८६५९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
घोराही सिमेन्ट इन्डष्टि लिमिटेडले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । घोराही सिमेन्ट इन्डष्टि लिमिटेडले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको पुस ५ गते बसेको सञ्चालक समिति बैठकले १० बराबर ७.५ को सेयर अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव पेश गर्न यस कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा दाङ, घोराही उप.न.पा-१५ मा होटल पौवामा बिहान ९ बजे सुरु हुनेछ ।
नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैन : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको स्थायित्वबारे नेपथ्यबाट चलाइएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सहमतिमा गठन भएको वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म तलमाथि नभई निर्बाध रुपमा सञ्चालन हुने बताउनुभयो ।
व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार , वैदेशिक व्यापार ३० अर्ब बढीले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा पौने ६ खर्ब बढी भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको पाँच महिनामा व्यापार घाटा ९ अर्बले बढेको देखिएको हो ।चालु आवको पाँच महिनामा आयात ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको रहेको छ निर्यात ७३ अर्ब ६५ करोड ९७ लाख ७१ ह्जार बराबर रहेको भन्सार विभागले प्रतिवेदनमा जनाएको छ । तदनुसार व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रहेको छ ।
गत आवमा सोही अवधिमा आयात ६ खर्ब ४२अर्ब २० करोड ८९ लाख ६४ हजार थियो भने निर्यात ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रहेको थियो ।यसैगरी ब्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रहेको थियो ।
ऋण उठाउनु भन्दा सावाँ ब्याज भुक्तानी बढी हँदा सार्वजनिक ऋण साढे २५ अर्ब बढीले घट्यो
काठमाडौं । सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण साढे २५ अर्ब रुपैयाँले घटेको छ ।गत महिनाको तुलनामा यो महिना सरकारको सार्वजनिक ऋण २५ अर्ब ६४ करोड रुपैया घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार देखिएको हो ।
चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो महिना (कात्तिक) सम्म २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ थियो ।
पूर्वगृहमन्त्री लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर
गण्डकी । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध आज सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको जनाकारी दिनुभयो ।
पूर्वगृहमन्त्री लामिछानेमाथि रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो ।
भारतको मोतीहारी पाइपलाइनबाट माघ अघि नै पेट्रोल र मट्टितेल ल्याउने तयारी
काठमाडौं । नेपाल आयल निगमले माघ अघि नै भारतको मोतीहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरिरहोको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतीहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गर्दै आएको हो । मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यले पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको जानकारी सार्वजनिक गरेका हुन् । निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ । प्रमुख आचार्यले जनाए अनुसार पाइपलाइनबाट परीक्षणका रूपमा पेट्रोल र मट्टितेल अमलेखगञ्ज ल्याइएको छ ।
सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो , प्रतितोला एक लाख ४९ हजार छ सय
काठमाडौँ । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक सय र चाँदी प्रतितोला रू तीसले बढेको छ ।
गत शुक्रबार प्रतितोला रू एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ
झापा । यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् ।
बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति ११ः३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, नगद रु तीन लाख छ हजार आठ सय ७० र भारु दुई हजार तीन सय बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
अबको केही दिन पश्चिम नेपालमा बदली, चिसो बढ्ने
काठमाडौँ । नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्र्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका आइतबारदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । सोमबार भने अझै बढ्ने देखिएको उहाँले बताउनुभयो । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौँसम्म आइपुग्ने उहाँले बताउनुभयो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।