Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

कस्तो छ त आजको मौसम ?

कस्तो छ त आजको मौसम ?

  • काठमाडौं।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुनेछ ।

    काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउनेछ । तर,  त्यो पनि पश्चिम नेपालमा मात्र रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

    आज तराई र उपत्यकाक केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ । यसले यातायात क्षेत्रमा केही असर पर्न सक्ने भएकोले सावधानी अपनाउन सचेत गराइएको छ ।

    यसका साथै उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुँदा जाडो बढ्ने र जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    कर्णाली र सुदूरपश्चिममा मंगलबार पनि मौसम बदली भइ केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij