Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सरकारले अग्रिम कर घटाउँदा बढेको खाद्यान्न मूल्य घट्यो

सरकारले अग्रिम कर घटाउँदा बढेको खाद्यान्न मूल्य घट्यो

  • काठमाडौँ । सरकारले अग्रिम कर घटाउँदा बढेको खाद्यान्नको मूल्य घटेको छ । बजारमा दाल र गेडागुडीको भाउ घटेको हो । व्यापारीहरुका अनुसार दाल र गेडागुडीको भाउ प्रतिकिलोमा ३० रुपैयाँसम्म घटेको छ।चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले दाल र गेडागुडीको आयातमा १० प्रतिशत अग्रिम कर लगाएकोले दलहनमा मूल्य वृद्धि हुन पुगेको थियो।

    बजेटअघि प्रति केजी १३० रुपैयाँ पर्ने मुसुरोको दालको भाउ १६० रुपैयाँ पुगेको थियो। यसैरी  चनाको भाउ प्रति केजी ११० रुपैयाँबाट १८० रुपैयाँसम्म पुगेको थियो । अग्रिम करपछि आयात कम हुँदा बजारमा भाउ अत्यधिक बढेको थियो।अग्रिम कर सरकारले एक महिनाअघि २.५ प्रतिशतमा झारेपछि उद्योगबाटै दाल र गेडागुडीको भाउ घटेर आउन थालेको व्यापारीहरुको भनाइ छ।

    नेपाल चामल तेल दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवालले अग्रिम कर घटेपछि दालको भाउ धेरै घटेको बताए। उनले जनाए  अनुसार मासको दाल किलोमा १५ रुपैयाँ, मुसुरोको दाल १० रुपैयाँ, रहरको दाल २५ रुपैयाँ सस्तिएको छ।बजारमा अहिले प्रति केजी थोक मूल्य मुसुरोको दालको १३५ देखि १४० र मासको दालको १८५ रुपैयाँ छ। अग्रवालले ब्राण्ड र गुणस्तर अनुसार भाउ फरक पर्ने जनाए ।

    अग्रिम कर घटेपछि सबैखाले दाल र गेडागुडीको भाउ घटेको भएपनि दालको बिक्री कम भएको केही व्यापारीहरूले बताएका छन् ।दालको खुद्रा मूल्य केजीमा ३० रुपैयाँसम्म घटेको छ भने  गेडागुडी पनि केजीमा २० रुपैयाँसम्म घटेको  छ। उपभोक्ता मूल्य प्रति केजी मुसुरोको दालको १६०, राजमाको २६०, मासको दालको २१० र रहरको दालको २५० रुपैयाँमा झरेको छ।साल्ट ट्रेडिङ कर्पोरेशनले दाल र गेडागुडीको भाउ केजीमा ५ रुपैयाँसम्म घटाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij