
काठमाडौं । हिमालयन बैंकले पुस २९ गते ३२ औं वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ ९थप सार्वजनिक निष्कासन० प्रिमियममा निष्कासन गर्ने प्रस्ताव हुनेछ । एफपीओ निष्कासनपछि जारी र चुक्ता पुँजीमा वृद्धि हुने भएकाले त्यसअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
बैंकले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij