
काठमाडौँ ।आज नेप्से परिसूचकमा २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा आएको छ ।आज ४ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।
यस दिन ३२८ कम्पनीको ८९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ८४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः जोशी हाइड्रोपावर र मोलुङ हाइड्रोपावर परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij