Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

बैकहरूमा थुप्रिदै गैर बैंकिङ सम्पत्ति

बैकहरूमा थुप्रिदै गैर बैंकिङ सम्पत्ति

  • काठमाडौंँ । बैंकहरूको गरैबैकिङ (एनबीए)सम्पत्ति झन झन् बढ्न थालेको छ । बैंकहरूले ऋण दिंदा धितो राखेको घरजग्गा लिलामीमा राख्दा पनि लिलामी नहुँदा एनबीए निरन्तर बढ्दै गएको हो ।चालु आर्थिक वर्ष कात्तिकसम्म वाणिज्य बैंकहरुको मात्रै यस्तो सम्पत्ति ३२ अर्ब ३३ करोड ७४ लाख रुपैयाँ बराबर पुगेको छ।वाणिज्य बैंकहरुको एनबीए एक वर्षमै ७२ प्रतिशतले बढेको हो । गत आवको कात्तिकसम्म वाणिज्य बैंकहरुको एनबीए १८ अर्ब ८० करोड रुपैयाँ बराबर थियो।

    कर्जा असुल नभएका ऋणीको धितो पनि लिलाम हुन नसक्दा बैंकहरुमा एनबीए बढ्न लागेको  हो । आर्थिक वर्ष २०७६÷०७७ सम्म वाणिज्य बैंकहरुको एनबीए ५ अर्ब ५ करोड रुपैयाँ बराबर थियो।धितोका रुपमा घरजग्गा र सुन राख्ने चलन छ । २०८१ कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट कुल कर्जाको ६६ प्रतिशत घरजग्गा धितो सुरक्षणमा गएको देखिएको छ।५२ खर्ब ८५ अर्ब ५ करोड रुपैयाँ कर्जा मध्ये ३४ खर्ब ८८ अर्ब रुपैयाँ घरजग्गा धितोमा प्रवाह गरिएको राष्ट्र बैंकको तथ्यांकले दर्शाउँ छ।

    बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलाम नभएमा आफैं सकार्ने गरेका छन् । यसरी सकारेको सम्पत्ति गैरबैंकिङ सम्पत्ति भनिन्छ । गैरबैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरूले यसको जोखिमबाट बच्न शतप्रतिशत बराबर रकम कर्जा नोक्सानीबापत राख्नुपर्ने हुन्छ। यही कारण बैंकहरूको कर्जा नोक्सानी रकम बढेको छ ।आर्थिक गतिविधि बढ्न नसकेकाले ऋण नउठ्ने र धितो पनि लिलाम नहुने अवस्थाले बैंकरहरू तनावमा छन्। धितो लिलामीका सूचना निरन्तर सार्वजनिक गरेपनि बैंकहरुले ग्राहक पाउन नसकेका हुन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij