Logo

Jun 27 2025 | २०८२, असार १३गते

Jun 27 2025 | २०८२, असार १३गते

images

निकासी पैठारी संघमा अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति

निकासी पैठारी संघमा अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति

  • काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल चयन भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न संघको ४४औं वार्षिक साधारणसभाबाट आगामी कार्यकालका लागि अग्रवालको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन भएको हो । 

    नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिलकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा गौरव शारदा र महासचिवमा जयन्तकुमार अग्रवाल चुनिएका छन् । त्यसैगरी प्रथम सचिवमा स्वाती रुंगटा अग्रवाल, द्वितिय सचिवमा विष्णुकुमार जोशी र कोषाध्यक्षमा ऋषिराज मोर चुनिएको संघले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

    NFTA New Executive Committee .jpg

    कार्यसमितिमा आकाश गोल्छा, कुमारबहादुर कार्की, गोविन्दलाल संघई, दिपेश खेतान अग्रवाल, निर्मल पौडेल, प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, बसन्त अग्रवाल, मदन मित्तल, मयंक केडिया, रामचन्द्र खेतान, विमल सिद्धार्थ वैद, सुमितकुमार वंशल र संजय अग्रवाल सर्वसम्मतिबाट चुनिएका छन् । 

    नवनिर्वाचित कार्यसमितिको परामर्शमा अध्यक्ष शिवकुमार अग्रवालले अभिनव चुरिवाल, पंकल जालान, रुपाली सिकारिया र डिल्लीरत्न तुलाधरलाई कार्यसमितिमा मनोनीत गरेका छन् । संघको विधानमा कार्यसमितिमा २० जना सदस्य प्रत्यक्ष निर्वाचनाबाट र चारजना सदस्य अध्यक्षले निर्वाचित कार्यसमितिको परामर्शमा मनोनीत गर्ने प्रावधान छ । निवर्तमान अध्यक्ष र त्यसअघिका अध्यक्ष कार्यसमितिमा पदेन सदस्यका रुपमा रहने व्यवस्था संघको विधानमा छ । 

    नवनिर्वाचित अध्यक्ष अग्रवालले ‘सशक्त व्यवसाय, समृद्ध राष्ट्र निर्माण’ नारालाई निर्देशक सिद्धान्त मानेर व्यवसायमैत्री वातावरणलाई अझ मजबुत बनाउने र व्यवसायीको हकहितको पक्षमा पैरवी गर्नेतर्फ नयाँ कार्यसमितिको प्रयास केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    Shiv Kumar Agrawal _ New President.jpg

    संघको ४४औं वार्षिक साधारणसभा उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीका आर्थिक एवं विकास सल्लाहकार तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडाले पछिल्लो ५÷६ वर्षमा सरकारले लिएको नीतिले नै अर्थतन्त्रको अवस्था बिग्रिएको भन्दै त्यसलाई सही बाटोमा ल्याउन वर्तमान सरकार लागिपरेको बताए । संघले उठाएका थुप्रै मुद्दामा आफ्नो सहमति रहेको भन्दै डा. खतिवडाले त्यसमा सुधार गरिने तर सुधार प्रक्रियाले समय लिन सक्ने बताए । 

    उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा संघका अध्यक्ष विनोद सेठियाले आयातनिर्यात व्यापार एवं समग्र अर्थतन्त्रका विविध विषयहरु उठाएका थिए । त्यसैगरी कार्यसमिति सदस्य जयन्तकुमार अग्रवालले व्यवसायको वर्तमान अवस्था र सुधारका लागि चाल्नुपर्ने कदमबारे सशक्त प्रस्तुति दिएका थिए । नीतिगत र प्रक्रियागत कमजोरीका कारण व्यावसायिक क्षेत्रले भोग्नुपरेका समस्यालाई मिहिन ढंगले उतारिएको प्रस्तुतिमा समस्या समाधानको उपायसमेत सुझाइएको छ । उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी भएका प्रधानमन्त्रीका सल्लाहकार डा. युवराज खतिवडाले अध्यक्ष सेठिया र कार्यसमिति सदस्य अग्रवालले प्रस्तुतिकरणमार्फत उठाएका विषयमा सहमति जनाउँदै ती सबै मुद्दाहरु लिखित रुपमा आफूलाई उपलब्ध गराउन आग्रह गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij