Logo

Mar 15 2025 | २०८१, चैत २गते

Mar 15 2025 | २०८१, चैत २गते

images

प्याब्सन नगर कार्यसमिति चन्द्रागिरिको तेस्रो अधिवेशन सम्पन्न

प्याब्सन नगर कार्यसमिति चन्द्रागिरिको तेस्रो अधिवेशन सम्पन्न

  • काठमाडौँ । प्याब्सन नगर कार्यसमिति चन्द्रागिरिको तेस्रो अधिवेशन समारोह – २०८१  सम्पन्न भएको छ । सो अवसरमा उत्कृष्ट सेवा दिनेहरूलाई सम्मान गरिएको छ । कुशल शैक्षिक नेतृत्व सम्मान–२०८१ द्वारा सम्मानित  भएकाहरूलाई अधिवेशनमा सहभागीहरूले शुभकामना तथा बधाई व्यक्त गरेका थिए ।

    सम्मानितको प्रमाण पत्रमा भनिएको छ शिक्षाको सारथी भएर विस. २०४१ सालमा चन्द्रागिरि नगरपालिका वडा नं ५, काठमाडौमा रोडोडेन्ड्रोन इन्टरनेशनल बोर्डिङ्ग स्कुल (रिब्स) स्थापना गरी ४० वर्षसम्म उक्त विद्यालयको संस्थापक प्राचार्य भएर शिक्षा सेवाको माध्यमबाट तपाईले यो राष्ट्रलाई अनवरत सेवा गर्दै आउनु भएको छ । बि. स. २०६० सालमा संस्थागत विध्यालयहरुको छाता संगठन प्याब्सन काठमाडौको भगिनी संगठनको रुपमा स्थापित पश्चिम क्षेत्रीय निजी बिद्यालय समाजको बरिष्ठ सल्लाहकार चयन भई हालसम्म प्याब्सन नगर कार्यसमिति चन्द्रागिरिको बरिष्ठ सल्लाहकारको महत्वपूर्ण जिम्मेवारी अनवरत रुपमा सम्हाल्नु भई संगठनमा निष्ठापूर्वक आफ्नो भूमिका निर्वाह गर्नु भएको कुरा अत्यन्त प्रशंसनीय छ ।

    f.jpg

    आफ्नो स्वार्थलाई त्यागेर शिक्षण पेशालाई आदर्श मान्दै आफ्नो जीवनको उर्जाशील आधा शताव्दी समय निरन्तर रूपमा देशका कर्णधार वालवालिकाहरुको उज्वल भविष्यका खातिर समर्पित गरेर पुर्याउनु भएको योगदान र प्याब्सनको सल्लाहकार जस्तो गरिमामय जिम्मेवारी निर्वाह गर्दै संस्थागत विद्यालयहरुको संस्थागत विकास र हकहित स्थापित गराउन र नेपालको शैक्षिक उन्नयनमा तापाईले पुर्याउनुभएको महत्वपूर्ण योगदानको कदर स्वरूप प्याब्सन नगर कार्यसमिति चन्द्रागिरिको तेस्रो अधिवेशन समारोह – २०८१ को विशेष अवसरमा तपाईंलाई “ कुशल शैक्षिक नेतृत्व सम्मान–२०८१“ द्वारा सगौरव सम्मानित गर्दछौं ”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij