
काठमाडौं । महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा १ अर्ब ९६ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज साँझ ५ः०६ बजेसम्ममा १३ लाख ८६ हजार २०३ जनाले १ करोड ९६ लाख ६० हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ४१.३५ गुणा बढी हो ।
महुलीले पुस ५ गतेदेखि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij