Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

भारतले धानमा निर्यात शुल्क हटाउँदा भन्सारबिन्दुबाट धान आयात ४ गुना बढ्यो

भारतले धानमा निर्यात शुल्क हटाउँदा भन्सारबिन्दुबाट धान आयात ४ गुना बढ्यो

  • काठमाडौँ । भारतले धानमा निर्यात शुल्क हटाएपछि धानको आयात ४ गुणाले बढेको छ ।भारतले निर्यात शुल्क हटाएपछि धानको अवैध आयात करिब करिब रोकिएर भन्सारबिन्दुबाट हुने आयात ४ गुनाले बढेको हो ।भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिक र मंसिर गरी २ महिनामा मात्र ४ अर्ब ४० करोड ४२ लाख रुपैयाँ बराबरको १ लाख १७ हजार ८१५ टन धानको आयात भइसकेको छ ।गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोड १७ लाख मूल्यको ३१ हजार टन धानको आयात भएको थियो ।

    images

    यसबाट नेपालका राइस मिलहरूमा काम मारामार भएको उद्योगी व्यवसायीहरूले बताएका छन् ।गत वर्ष यही बेला एक सिफ्ट मात्र संचालन हुने राइस मिलमा काम चौबीसै घन्टा चलाउन सकिने अवस्था बनेको छ । उनीहरूका अनुसार  नेपाल विद्युत् प्राधिकरणले ‘लोडसेडिङ’ नगर्ने हो भने राइस मिल चौबिसै घण्टा चलाउन सकिने अवस्था बनेको हो ।

    भारत सरकारले धानको निर्यातमा लगाएको २० प्रतिशत निर्यात शुल्क गत कात्तिक ६ गते हटायो । यसपछि राइस मिललाई राहत भएको उद्योगी व्यवसायीहरूको भनाइ छ ।नेपाल चामल दाल तेल उत्पादक संघका पदाधिकारीहरूले यसबाट  राइस मिललाई राहत मिल्नु स्वाभाविक भएको बताएका छन् ।

    यसअघि भारतले निर्यात शुल्क लगाएका बेला धानको अवैध आयात गरेर चलाइएका राइस मिलसँग प्रतिस्पर्धा गर्न सही काम गर्ने मिलहरूलाई कठिनाइ भएको थियो । तर, नेपाल सरकारले धानको आयातमा चामलसरह नै अग्रिम आयकर २.५ प्रतिशत लगाइ दिएकाले  लागत थपिएको उनीहरूको  भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij