Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

व्यापार तथा लगानी प्रबर्द्धनबारे दक्षिण कोरियाली राजदूत र उद्योग मन्त्रीबीच भेटवार्ता

व्यापार तथा लगानी प्रबर्द्धनबारे दक्षिण कोरियाली राजदूत र उद्योग मन्त्रीबीच भेटवार्ता

  • काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङबी भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारमा भएको भेटमा हालै सम्पन्न नेपाल–कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रबर्द्धन फ्रेम वर्क (टीआईपीएफ) सम्झौता कार्यान्वयनका विषयमा छलफल भएको हो । 

    मन्त्री भण्डारी र कोरियन समकक्षी इन्क्यो च्योङबीच गत हप्ता मात्रै कोरियाको राजधानी सोलमा टीआईपीएफ सम्झौतामा हस्ताक्षर भएको थियो । टीआईपीएफ सम्झौताले दुई देशबिचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।

    कोरिया सरकारले दक्षिण कोरियाली कम्पनीहरूद्वारा नेपालमा जलविद्युत्, अटो मोबाइल एसेम्बललगायत क्षेत्रमा लगानी गरेको जनाएको छ । टीआईपीएफ सम्झौताले दुई देशबीचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने जनाइएको छ । गत हप्ता सम्पन्न भएको मन्त्री भण्डारीको कोरिया भ्रमणका बेला नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको समेत सहभागितामा लगानी सम्मेलन लगायत विविध छलफल हुनु सकारात्मक पक्ष रहेको राजदूत थेयङको भनाइ छ । उनले दुई देशका व्यवसायीहरूको छलफल तथा अन्तरक्रिया लगानीको वातावरणका विषयमा थप बुझ्ने मौका प्राप्त भएको बताए । 

    हालै कोरियाको भ्रमण गरी फर्किएका मन्त्री भण्डारीले कोरियाली लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । उनले कोरियाली  लगानीकर्ताका लागि नेपालमा उपयुक्त वातावरण निर्माण भएको बताए । आफ्नो कोरिया भ्रमण उपलब्धिमूलक बनेको बताउँदै उनले दुई देशबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५० वर्ष पुगेको अवसरमा थप सौहार्दपूर्ण वातावरण बनेको विश्वास  व्यक्त गरे ।  राजदूत थेयङले टीआईपीएफ सम्झौता कार्यान्वयनका लागि कोरियाको उद्योग मन्त्रालयका तर्फबाट प्रक्रिया थालनीका लागि यथाशीघ्र पहल गरिने बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij