
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेको इन्सुरेन्सलाई हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले नेकोलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न पुस ९ गते अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर निष्कासन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । जस अनुसार कम्पनीले १ स् ०।२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१।५५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij