Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

मधेश प्रदेशमा दर्ता भएका सबै सवारीसाधनमा शतप्रतिशत जरिवाना कर छुट

मधेश प्रदेशमा दर्ता भएका सबै सवारीसाधनमा शतप्रतिशत जरिवाना कर छुट

  • गोलबजार  । सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शत्प्रतिशत छुट दिने भएको छ । मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१  गत मङ्सिर १९ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियोे । 

    images

    सोही ऐनअन्तर्गत सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुटसम्बन्धी निर्णय भएको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृत सुनिलकुमार शाहले जारी गरेको सूचनामा उल्लेख छ । 

    यस्तै, यातायात व्यवस्था कार्यालय लहान, सिरहाले पनि आज यससम्बन्धी सूचना जारी गरेर जानकारी दिएको छ । कार्यालयका वरिष्ठ शाखा अधिकृत विनीतकुमार झाले जारी गरेको सूचनामा ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको एक वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नवीकरण गराउँदा, सवारीसाधन कर र नवीकरण दस्तुरमा लाग्ने जरिवानामा शत्प्रतिशत छुट दिने उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij