Logo

Jan 14 2025 | २०८१, माघ १गते

Jan 14 2025 | २०८१, माघ १गते

images

नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकको को साधारण सभा पुस मसान्त भित्र नभए नभए के हुन्छ ?

नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकको को साधारण सभा पुस मसान्त भित्र नभए नभए के हुन्छ ?

  • काठमाडौं । आर्थिक वर्ष सकेको ६ महिना भित्र साधारण सभा सकिनुपर्ने सामान्य अवस्था रहेकोमा यस पटक चार बैंकहरूको साधारण सभा पुस मसान्त भित्र हुन नसक्ने देखिएको छ ।विभिन्न कम्पनी आर्थिक तथा व्यवहारिक स्वास्थ्यका लागि साधारण सभा समय भित्र भइसक्नुपर्ने कुरो महत्वपूर्ण मानिएको हो ।

    धेरै बैंकहरूले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गरिसकेका हुने देखिएको भएपनि ४ बैंकहरू नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकको साधारण सभा पुस मसान्त भित्र हुनेमा शंका उत्पन्न भएको छ ।बैंकहरूको नियामक संस्था नेपाल राष्ट्र बैंकबाट साधारण सभा गर्न पाउने अनुमति ‘एजीएम क्लियरेन्स’ यी चार बैंकहरूलाई प्राप्त भइनसकेको हो ।त्यसैले उनीहरूको साधारण सभा पुसपछि धकेलिने देखिन्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र कुमारी बैंकको गत वर्ष पनि समयमै साधारण सभा सम्पन्न हुन सकेको  थिएन ।

    एनआईएमबीका पदाधिकारीहरूका अनुसार एजीएम स्वीकृतिको प्रक्रिया राष्ट्र बैंक समक्ष बढाइएको छ । त्यहाँबाट आउनुपर्ने पत्र आइन सकेको छैन् । एजीएम क्लियरेन्स  पाउने बित्तिकै छिट्टै वार्षिक साधारण सभा आह्वान गरिनेछ ।एनआईएमबीका पदाधिकारीहरूका अनुसार गत वर्ष  साधारण सभाको  चुनाव रोक्न अदालतमा मुद्दा परेको थियो । अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले चुनाव हुन सकेन ।  त्यसैले यसपटक राष्ट्र बैंक र अदालती प्रक्रियाका कारण केही ढिला हुन पुगेको हो । अदालतले चुनाव गर्ने बाटो खुला गरेकाले राष्ट्र बैंकको स्वीकृति आउने बित्तिकै साधारण सभा बोलाइने जनाइएको छ ।कुमारी बैंकका अधिकारीहरू पनि राष्ट्र बैंकबाट स्वीकृति आउनेबित्तिकै साधारण सभा आह्वान गरिनेछ । गत वर्ष भने मर्जरका कारणले ढिला हुन पुगेको  थियो ।यसैगरी नेपाल बैंकको पनि लेखापरीक्षणको कार्य जारी रहेकाले ढिला हुन पुगेको जनाइएको छ । 

    बैंकरहरूका अनुसार  साधारण सभा निर्धारित समयमा गर्न नसक्ने बैंकमाथि विभिन्न किसिमका नजर पर्न थाल्छ ।संस्थागत निक्षेप लिन जाँदा सम्बन्धित संस्थाले क्यापिटल एडुकेसी, एनपीएको सीमा यति हुनुपर्ने भनेको हुन्छ । साथै ६ महिनाभित्र एजीएम सम्पन्न गरेको हुनुपर्ने शर्त पनि राखिएको हुन्छ । यस्तोमा ६ महिनाभित्र एजीएम गरेको रहेन छ भने निक्षेप दिन नमान्ने स्थिति आउन  सक्छ ।
    अहिलेसम्म १६ वटा वाणिज्य बैंकले वार्षिक साधारण सभा आह्वान गरिसकेका छन् । जसमध्ये एभरेष्ट बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारण सभा सम्पन्न भइसकेको पनि छ ।

    यसैगरी  नेपाल एसबिआई बैंकले पुस २१ गते, लक्ष्मी सनराइज बैंकले पुस २४ गते, एनएमबि बैंकले पुस २५ गते, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएका छन् ।यसैगरी हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएका छन् ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij