
काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले मङ्सिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले मङ्सिर मसान्तसम्ममा रू. १२ करोड २५ लाख नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तको तुलनामा २४ दशमलव ८९ प्रतिशत कमि हो । सो अवधिमा फण्डले रू.१६ करोड ३१ लाख नाफा कमाएको थियो । मङ्सिर महीनामा फण्डको आम्दानीमा कमि आएकोले नाफा घटेको हो ।
कात्तिक मसान्तमा फण्डको कुल आम्दानी रू. १७ करोड २ लाख रहेकोमा मङ्सिर मसान्तमा रू. १३ करोड १२ लाखमा सिमित भएको छ । नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य न्याभ पनि कात्तिको तुलनामा मङ्सिरमा पनि घटेको छ । कात्तिक मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ९७ पैसा रहेकोमा मङ्सिर मसान्तमा ११ रुपैयाँ ४८ पैसामा सिमित भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij