Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

राष्ट्र बैंकद्वारा ३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

राष्ट्र बैंकद्वारा ३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ रेमिटेन्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिटेन्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालिको इजाजतपत्र खारेज गरेको हो । राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम ५ अनुसार यी कम्पनीहरुको लाइसेन्स खारेज गरेको जनाएको छ । 

    राष्ट्र बैंकले विप्रेषण कारोबारमा पारदर्शिता, विश्वसनीयता र नियमनको पालना नभएकाले  लाइसेन्स खारेज गरिएको बताइएको छ । यस कदमले रेमिटेन्स सेवा क्षेत्रमा सुधार ल्याउने अपेक्षा राष्ट्र बैंकको छ । 

    लाइसेन्स खारेज भएका कम्पनीहरुसँग लेनदेन गर्ने कुनै व्यक्ति वा संस्थाले ३५ दिनभित्र लिखित जानकारी दिन पनि राष्ट्र बैंकले आग्रह गरेको छ । यो अवधि भित्र कुनै दाबी नआएमा कम्पनीहरुको बैंक जमानत स्वतः फुकुवा हुने बताएको छ । राष्ट्र बैंकले दाबी गर्दा बैंक जमानतभित्र उपलब्ध रकमसम्म मात्र हिसाब हुने प्रावधान रहेको पनि स्पष्ट पारेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij