Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

शुभ लक्ष्मी कोषको मंसिरमा खुद नाफा २४ प्रतिशत घट्यो

शुभ लक्ष्मी कोषको मंसिरमा खुद नाफा २४ प्रतिशत घट्यो

  • काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको खुद नाफा कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमा २४ प्रतिशत कमी आएको छ । 

    images

    कात्तिक मसान्तमा फण्डले रू. ६ करोड २४ लाख नाफा कमाएकोमा मंसिर मसान्तमा रू. ४ करोड ७४ लाखमा झरेको हो । मंसिरमा फण्डको आम्दानीमा कमी आएपछि नाफा घट्न पुगेको हो । 

    कात्तिक मसान्तसम्ममा फण्डको कुल आम्दानी रू. ६ करोड ५० लाख रहेकोमा मंसिर मसान्तमा रू. ५ करोड ६ लाखमा सीमित भएको छ । नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य न्याभ पनि घटेको छ । कात्तिक मसान्तमा फण्डको न्याभ १२ रुपैयाँ ३ पैसा रहेकोमा मंसिर मसान्तमा रू. ११ रुपैयाँ ५७ पैसामा सीमित भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij