काठमाडौँ ।नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि ७० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेकोे छ ।बैंकहरुले लगानी गर्न नसकेको ३ खर्ब २७ अर्ब २५ करोड रुपैयाँ यसअघि नै राष्ट्र बैंकमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६६ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५३ खर्ब ४१ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९७ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ४७ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij