
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ बराबर निक्षेप संकलन गर्न लागेको छ । निक्षेप संकलन उपकरण मार्फत बोलकबोलबाट ७० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको हो ।
२१ दिन अवधिको निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा र ब्याज भुक्तानी ६ माघमा हुने राष्ट्र बैंकले जनाएको छ।अनलाइन बिडिङ सफ्टेवेयरबाट बोलकबोल गर्न पाउने गरी यो आह्वान गरिएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij