
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले ७औँ साधारण सभा तथा तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते गर्न लागेको जनाएको छ ।आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी २०७४सालमा विभिन्न वस्तुगत तथा क्षेत्रगत १९वटा व्वसायी संघहरूको संलग्नतामा गठित नेपाली राष्ट्रिय व्यवसायी महासंघले तेस्रो राष्ट्रिय महाधिवेशनबारे जानकारी गराएको हो ।
उल्लेखित व्यवसायी संघहरुको आवश्यकता र समस्यालाई ध्यानमा राखेर संघहरुको पहल र प्रयासमा यो महासंघको जन्म भएको जनाउँदै आयोजकहरूले साना तथा मझौला व्यवसायीहरुप्रति अर्थमन्त्रालय तथा सम्बन्धित सरकारी निकायहरुको दृष्टिकोण त्यति सकरात्मक नभएको र प्रत्यक्ष पहुँच समेत नरहने गरेकोले यस क्षेत्रको आवाज र आह्वानलाइ राज्य स्तरसम्म पु¥याउन र सम्बन्धित निकायलाई समस्या समाधानका लागि झक्झक्याउँने एवं दबाब सिर्जना गर्ने गराउने नै यस महासंघको निति तथा कार्यक्रम रहेको जनाएका छन् ।
यस नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफ्नो तेस्रो कार्यकालको लागि सातौं साधारण सभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन कार्यक्रम नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा, राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा गरिने जनाइएको छ ।उक्त कार्यक्रममा अन्य विभिन्न व्यवसायिक महासंघ, संघसंस्था, लब्ध प्रतिष्ठित व्यक्तित्वहरु एवम् विभिन्न सरकारी निकायका प्रमुखज्यूहरुको सहभागिता रहने जनाइएको छ । हाल काठमाडौं क्षेत्र भित्र मात्र सिमित रहेको यो महासंघ प्रदेश र जिल्ला स्तरसम्म नै क्षेत्र विस्तार गर्ने कार्ययोजना अनुरुप विधान संसोधन गरिसकिएको र यसले पूर्णता पाउने विश्वास आयोजकहरूको छ ।
महासंघका विभिन्न पदका लागि निर्वाचन सम्पन्न गराउन अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले विधान मर्म अनुरुप कुल ९० पदका लागि उम्मेदवारी दिने मिति २०८१ पुस १५ गते रहेको छ । दाबी विरोध पछि अन्तिम उम्मेदवारको नामावली १७गते ३ः३० बजे प्रकाशन गरिने जनाइएको छ । एउटा पदमा २ वा सो भन्दा बढीको उम्मेदवारी परेमा मतदान प्रक्रियाबाट नै निर्वार्चित गरिनेछ । उक्त मतदान कार्यक्रम समुद्घाटन समारोह पश्चात दोस्रो सत्रमा गरिने निर्वाचन समितिले जानकारी गराएको छ ।
साथै निर्वार्चित केन्द्रीय कार्यसमितिले १० जना कार्यसमिति सदस्य मनोनित गर्न सक्ने र निवर्तमान अध्यक्ष स्वतः पदेन कार्यसमिति सदस्य रहने व्यवस्था रहेको छ । यसैगरी नेपाल राष्ट्रिय व्यवसायी महासंघले व्यवसायीहरूको हकहितका लागि विभिन्न विषय उठाउँदै आएको जनाएको छ ।
त्यस अनुसार जारी विज्ञप्तिमा भनिएको ‘ खुल्ला सिमानाका कारण दक्षिणी नाकाबाट हुने अनाधिकृत चोरी पैठारीको कारण सिमावर्ती क्षेत्रका बजारमा आधिकारीक कारोबार गर्न नसक्ने अवस्था सिर्जना हुँदा राज्यले पाउँनु पर्ने रावजश्व गुमाइ रहेको सर्वविदितै छ । त्यसकारण अविलम्ब सिमा क्षेत्रमा कडाइ पुर्वक चेक जाँच गरिनु पर्ने , शहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्ने व्यवसायीहरुको लागि राज्यले वैज्ञानिक घरभाडा कर लागू गर्नु पर्ने , खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र प्रदान गरे पश्चात पुनरावलोकन हुनु नहुने , पान मार्फत गरिने कारोवारको सीमा ५० लाख बाट बढाएर २ करोड बनाउनु पर्ने , हाल कायम रहेको भन्सार दरवन्दी घटाइ, समय सापेक्ष भन्सार दरमा पनि परिमार्जन गरिनु पर्ने , प्रोपराइटसिपका लागि पनि कम्पनी सरह २५% आय कर कायम गरिनु पर्ने , घर वहाल कर ५% कायम हुनु पर्ने , चीनको केरुङ्ग र खासानामक जानका लागि व्यवसायीहरुलाई प्रवेश पासको व्यवस्था गरिनु पर्ने , साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई स्थानीय सरकारको सिफारिशमा विना धितो सहुलियत व्याजदरमा २५ लाख सम्मको ऋण उपलब्ध गराउन राष्ट्र बैकलाई बाध्यकारी बनाइनु पर्ने , नेपाल सरकारको व्यवसायदर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनु पर्ने , भ्याट दर १३ % राखिएकोमा बहुदर कायम गर्ने, अत्यावश्यक र उपभोग्यवस्तुहरुमा भ्याट घटाइन् पर्ने ’
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij