Logo

Jan 01 2025 | २०८१, पुस १७गते

Jan 01 2025 | २०८१, पुस १७गते

images

सात कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन

सात कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सात कम्पनीको शेयर मूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक,जीवन विकास लघुवित्त,आत्मनिर्भर लघुवित्त,कृषि विकास बैंक, छिमेक लघुवित्त वित्तीय संस्था,मितेरी डेभलपमेन्ट बैंक र चिलिमे जलविद्युत कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेले चिलिमे हाइड्रोपावरको १० प्रतिशत, मितेरीको ९ दशलमव ५० प्रतिशत , छिमेक लघुवित्तको ८ प्रतिशत, कृषि विकास बैंकको ३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १४ दशमलव २५ प्रतिशत,जीवन विकास लघुवित्तको १४ प्रतिशत र  र महालक्ष्मी  विकास बैंकको ३ प्रतिशत  बोनस शेयर समायोजन गरेको हो । 

समायोजन पश्चात महालक्ष्मी विकास बैंकको शेयर मूल्य रू। ३७७ दशमलव ६७, जीवन विकास लघुवित्तको रू. १ हजार ३७८ दशमलव ०७, आत्मनिर्भर लघुवित्तको रू. ५ हजार ७१५ दशमलव ५४, कृषि विकास बैंकको रू.३२४ दशमलव १७, छिमेक लघुवित्तको रू.८६१ दशमलव २०, मितेरी डेभलमेन्ट बैंकको रू. ६३५ दशमलव ३९ र चिलिमे हाइड्रोपावरको रू.५१८ दशमलव १८ कायम भएको छ । 

नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

आइतवार  दोस्रो बजारमा चिलिमे हाइड्रोपावरको शेयर मूल्य रू.५७० , मितेरीको रू.६९५ दशमलव ८०, छिमेक लघुवित्तको रू.९३० दशमलव १०, कृषि विकास बैंकको रू.३३३ दशलमव ९०, आत्मनिर्भर लघुवित्तको रू.६ हजार ५३०, जीवन विकास लघुवित्तको रू.१ हजार ५७१, र महालक्ष्मी विकास बैंकको रू.३८९ मा अन्तिम कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij