Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सडक तथा पूर्वाधार संरचनालाई समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याइयो

सडक तथा पूर्वाधार संरचनालाई समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याइयो

  • काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा पूर्वाधार संरचनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन् ।सडक बोर्ड नेपालको २२औं स्थापना दिवसका अवसरमा सोमबार बोर्डमा आयोजित कार्यक्रममा मन्त्री दाहालले उनले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका हुन् ।

    अब बन्ने संरचनाले देशको समृद्धि यात्रामा कस्तो भूमिका खेलेको हो त्यसबारे ध्यान दिन आवश्यक भएको धारणा व्यक्त गर्दै मन्त्री दाहालले  नेपाल अझै पनि निर्माणकै चरणमा रहेको बताए ।अब बन्ने संरचनालाई दिगो, सुरक्षित र उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै मन्त्री दाहालले जनजीविका, राजस्व संकलन, आर्थिक क्रियाकलाप तथा बृहत जनसंख्या र भूगोललाई प्रत्यक्ष फाइदा पु¥याउने योजनालाई मन्त्रालयले प्राथमिकतामा राखेको विश्वास दिलाए ।

    मन्त्री दाहालले अब कुनै पनि संरचना निर्माण गर्दा प्राथमिकता निर्धारण गर्नुपर्ने बताउँदै सडक बोर्ड अन्तर्गत रहेका रुग्ण ठेक्काहरूको शीघ्र व्यवस्थापन गर्न निर्देशन दिए । साथै सडक मर्मतसँगै अनुगमन समेत प्रभावकारी बनाउन उनले निर्देशन दिए ।कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले आर्थिक वृद्धिको प्रमुख आधार सडक पनि  भएकाले आर्थिक विकास र वृद्धिलाई सहयोग पुग्ने गरी सडक सञ्जाल निर्माण र विस्तार गर्नुपर्ने बताए ।

    पूर्वाधारमा गरिएको लगानीले दीर्घकालीन प्रतिफल दिने भएकाले कुनै पनि पूर्वाधार तथा संरचना निर्माण गर्दा स्थायित्व र गुणस्तरमा पनि त्यतिकै ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए ।बोर्डका कार्यकारी निर्देशक गणेश केसीले बोर्डलाई स्वायत्त बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका थिए ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij