Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी

जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी

  • जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । मुख्यमन्त्री सिंहले आज जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको भेटमा जनकपुरधामको धार्मिक,सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न मांसमदिराको उत्पादन, बिक्री र उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गर्नुभयो ।

    images

    जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार नगर्न अनुरोध गर्दै मुख्यमन्त्रीले मांसमदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बद्ध निकायलाई अनुरोध गर्नुभयो । नियम पालना नगरे कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij