Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

अर्थतन्त्रको संकट नटरेको गभर्नर अधिकारीको भनाइ

अर्थतन्त्रको संकट नटरेको गभर्नर अधिकारीको भनाइ

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको संकट नटरेको धारणा सार्वजनिक गरेका छन् ।गभर्नर अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै अपेक्षित प्रगति हुन नसकेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा यस्तो बताए ।

    उनले पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचेअनुरूपको प्रगति नभएको बताए ।उनका अनुसार मंसिरको रिपोर्टले पनि आर्थिक गतिविधिहरू केही सन्तोषजनक रहेको देखाएको छ । सार्वजनिक र निजी क्षेत्रबाट भएका प्रयासहरूलाई राष्ट्र बैंकबाट  आर्थिक सहयोग प्राप्त भई अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुगेको छ ।

    २०४८ सालदेखि अहिलेको अवस्था हेर्दा उद्योगहरूको आकार ठूला भएका छन् । सिमेन्ट, रडजस्ता उद्योगको विस्तार भइरहेको छ । यसले बैंकहरूमा ऋणको माग बढाएको छ । यो माग अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक मान्नुपर्छ ।नेपालले अन्तर्राष्ट्रिय स्तरमा ‘कन्ट्री रेटिङ’लाई कायम राखेको उल्लेख गर्दै गभर्नर अधिकारीले यो नेपालका लागि एउटा सफलता भएको बताए ।योजनाहरू समयमा सुरु गरेर सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले  मन्त्रालय र विभागहरूलाई थप सक्रिय भएर काम गर्नुपर्ने सुझाव दिए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij