Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

पाँच देशका लागि नियुक्त भएका राजदूतहरुको शपथ

पाँच देशका लागि नियुक्त भएका राजदूतहरुको शपथ

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले   विभिन्‍न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुलाई बुधबार शपथ खुवाएका छन् ।पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले  शपथ लिएका हुन् ।

    शितल निवासमा आयोजितशपथ ग्रहण  समारोहमा  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायतको उपस्थिति थियो ।  सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij