काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सचिवमा नियुक्त हर्कराज राईलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट मंगलबार सचिव नियुक्त राईलाई आज सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् ।
सभामुख घिमिरेले गत आइतबार राष्ट्रपति पौडेललाई भेटेर संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सचिव नियुक्तिका लागि राईको नाम सिफारिस गरेका थिए ।शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा रानामगरको पनि सहभागिता थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij