Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना

सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना

  • म्याग्दी (बेनी) ।  रघुगङ्गा गाउँपालिका–२ स्थित सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजाको प्रबन्ध गर्न रु ९० लाखको अक्षयकोष स्थापना भएको छ । गत असोजमा आयोजित महायज्ञबाट सङ्कलन भएको उक्त रकमबाट अक्षयकोष स्थापना भएको हो ।

    images

    महायज्ञबाट सङ्कलन भएको रु एक करोड १० लाखमध्ये रु १८ लाख ५० हजार खर्च भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । मन्दिरमा पुजारीका साथै नियमित पूजाको प्रबन्ध गरिएको छ । म्याग्दीको यो प्रसिद्ध शक्तिपीठको पुरातत्व विभागले तीन वर्षअघि रु ६२ लाखको लागतमा पुनर्निर्माण गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij