Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

शुक्रबार सुनको मूल्यमा २ हजारले वृद्धि भई तोलाको १ लाख ५३ हजार ५ सय

शुक्रबार सुनको मूल्यमा २ हजारले वृद्धि भई तोलाको १ लाख ५३ हजार ५ सय

  • काठमाडौँ । सुनको मूल्यमा शुक्रबार प्रति तोला २ हजारले वृद्धि भएको छ । तीन दिनदेखि सुनको मूल्य लगातार वृद्धि भइरहेको देखिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रति तोला १ लाख ५३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

    बिहीबार सुन तोलामा ५ सय बढेर प्रति तोला १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार पनि सुन १४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ५१ हजार रुपैयाँ कायम थियो।यसैगरी मंगलबार सुन तोलामा १ हजार रुपैयाँ घटेर प्रति तोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुन प्रति तोला १ लाख ५० हजार ६ सय र साताको पहिलो दिन १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

    चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी तोलामा २० रुपैयाँ बढेर प्रति तोला १ हजार ८१० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रति तोला १ हजार ७९० रुपैयाँ थियो। बुधबार चाँदी प्रति तोला १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।मंगलबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रति तोला १ हजार ७६५ रुपैयाँ भएको थियो। सोमबार तोलाको १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक बढेर प्रति औंस २६६१.५५ डलर भएको छ। चाँदी प्रति औंस २९.५९ डलर छ। बिहीबार सुन प्रति औंस २६३४.२३ डलर छ। चाँदी प्रति औंस २९.३५ डलरमा थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij