Logo

Jan 05 2025 | २०८१, पुस २१गते

Jan 05 2025 | २०८१, पुस २१गते

images

‘मेक इन नेपाल एक्स्पो २०२५ र नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१’को तयारी सुरु

‘मेक इन नेपाल एक्स्पो २०२५ र नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१’को तयारी सुरु

कठमाडौँ । नेपाली उत्पादनलाई प्रोत्साहन गर्न मेक इन नेपाल एक्स्पो २०२५ र नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१को तयारी सुरु गरिएको छ ।नेपाल पश्मिना उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघको सहकार्य  एवम् राइजिङ्ग नेपाल प्रा.लि.को व्यवस्थापनमा संचालनमा ‘मेक इन नेपाल एक्स्पो २०२५ र  नेपाल पश्मिना ईन्टरनेशनल एक्स्पो २०८१’को तयारी सुरु गरिएको हो ।

माघ १० गतेदेखि १२ गते सम्म प्रदर्शनी कक्ष भृकुटीमण्डपमा आयोजना हुने भएको जनाइएको छ । यस विशेष प्रदर्शनीमा नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै ‘हामै सामान, हाम्रै स्वाभिमान’ अभियानलाई अघि बढाउने उद्देश्य राखिएको जनाइएको छ। मेक इन नेपाल एक्सपोले नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्दै उद्योग, व्यवसाय र स्थानीय उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह विश्वास गरिएको छ ।

make in nepal 2025.jpeg

त्यसैगरी, नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१ ले नेपालमा उत्पादित उत्कृष्ट पश्मिना सामग्रीहरूलाई प्रस्तुत गर्दै यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ। प्रदर्शनीमा नेपालका व्यवसायी, उद्यमी, निर्यातकर्ता, तथा निति निर्माताको सहभागिता रहनेछ । साथै, यसले नेपाली उत्पादनका नयाँ सम्भावनाहरू पहिचान गर्न र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यस कार्यक्रमले स्वदेशी उत्पादनको प्रचार–प्रसारका लागि विभिन्न रणनीतिक र सिर्जनशील उपायहरू अवलम्बन गर्नेछ। एक्स्पोमा शुद्ध नेपाली पश्मिना हस्तकला, कृषि, र घरेलु उत्पादनको विशेष स्टलहरू, अनलाईन र डिजिटल मार्केटिङ प्लेटफर्महरूको प्रबद्र्धन, नेटवर्किङ कार्यक्रमहरू, स्थानीय र अन्तर्राष्ट्रिय उद्योगहरूसँग सहकार्य, ब्रान्डिङ क्याम्पेन जस्ता कुराले नेपाली उत्पादनको प्रवद्र्धनका लागि विशेष टेवा पु¥याउने साथै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै आर्थिक समृद्धिको दिशामा नयाँ आयाम थप्नेछ ।

एक्स्पोमा १५० भन्दा वढी स्वदेशी वस्तु तथा सेवाको स्टलहरु रहने छन जसमध्ये ४० भन्दा बढी नेपालमा उत्पादित उत्कृष्ट पश्मिनाका स्टलहरु रहने छन । एक्स्पोको उद्देश्यहरूमा  स्वदेशी उद्योग र व्यवसायलाई प्रोत्साहन गर्नु , स्वदेशी उत्पादनहरूको बजार विस्तार गर्नु, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पु¥्याउनु , र उद्यमशीलता र लगानीको सम्भावनाहरू उजागर गर्नु रहेका छन् ।आयोजित पत्रकार सम्मेलनमा व्यपार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा, नेपाल पश्मिना उधोग संघका अध्यक्ष धन प्रसाद लामिछाने, नेपाल उद्योग परिसंघका महानिर्देशक  डा. धनश्याम ओझा र राइजिङ नेपालका प्रबन्ध निर्देशक पशुपति केसीसमेतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij