काठमाडौँ । पन्ध्र दिने चितवन महोत्सवको तयारी द्रुतगतिमा बढेको छ । चितवन महोत्सव १५औं संस्करण २०८१ पौष २५ देखि माघ १० गतेसम्म हुने भएको जनाइएको छ । उद्योग वाणिज्य संघ चितवनले शुक्रबार पत्रकार सम्मेलन गरेर चितवन महोत्सव २०८१ बारे जानकारी दिएको हो ।
प्रत्येक २–२ वर्षको अन्तरालमा विसं २०५३ सालदेखि चितवन महोत्सवको आयोजना जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, औद्योगिक विकासलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा टेवा पु¥याइ चितवनको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्य रहेको जनाइएको छ ।
चितवन महोत्सव २०८१ प्रदर्शनी मैदान, नारायणी नदी किनार, नारायणगढ चितवनमा हुन लागेको हो ।उद्योग वाणिज्य संघ चितवनको आयोजना एवम् भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति, चितवनको मुख्य प्रवद्र्धनका साथै ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजनमा महोत्सव हुन लागेको जनाइएको छ ।
राज्यस्तरबाट आर्थिक गतिविधि चलायमान गराउने कुनै ठोस कार्यक्रम सञ्चालन नभएको अवस्थामा निजी क्षेत्रको भूमिकालाई आत्मसात गर्दै आर्थिक गतिविधि र व्यापार प्रोत्साहन गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने सामाजिक सम्बन्ध मजबुत गराउने, बजार विस्तार र रोजगार सिर्जनामा भूमिका निर्वाह गर्ने, सामाजिक आर्थिक गतिविधिका लागि उत्प्रेरणा दिने, क्षेत्रीय असन्तुलन घटाउने र सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यले चितवन महोत्सव २०८१ आयोजना गर्न लागिएको महोत्सवका मूल आयोजक समितिका संयोजक सुमनकुमार श्रेष्ठले जानकारी दिए ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष समेत रहेका श्रेष्ठले जनाए अनुसार राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा समेत ख्याति प्राप्त गर्न सफल चितवन महोत्सवका विगतका संस्करणहरुमा संघले कुनै एक वस्तु तथा क्षेत्रलाई प्रवद्र्धन गर्दै आइरहेको छ । संघले विगतका महोत्सवहरूमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी र मह, केरा लगायतका उत्पादनहरूलाई केन्द्रविन्दुमा राखी कार्यक्रम सम्पन्न गरेको जनाउँदै जसले गर्दा उपर्युक्त क्षेत्रमा चितवन हाल आत्मनिर्भर मात्र होइन, पकेट क्षेत्रसमेत बनाउन सफल भएको उनले बताए ।
यस वर्षको चितवन महोत्सवमा अन्तर्राष्ट्रिय व्यावसायिक प्रतिष्ठानको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । चीनका उद्योग वाणिज्य संघहरूको समन्वयमा चीनका विभिन्न प्रतिष्ठानहरूको उत्पादनको प्रर्दशनीसहित रहेनछ । ७ वटा विशेष स्टल, डोम, कृषि परिसर,अटो परिसर साथसाथै निर्माण सामाग्री व्यवसायीको सहकार्यमा निर्माण एक्सपो घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघसंस्थाका स्टल, रेष्टुरेन्ट परिसर सहित ४३० वटा स्टलहरु रहनेछन् भने प्रत्येक स्टलको बिमा गरिएको जनाइएको छ ।
फुड फेस्टिभल यस वर्ष पनि परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले २०८१ पौष २८ देखि माघ ७ गते सम्म क्याम्पाचौर नारायणगढमा सञ्चालन गरिनेछ । यस्तै २०८१ पौष २८ गतेदेखि माघ ४ गतेसम्म चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, साहित्य लगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही विज्ञहरूको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरू सञ्चालन गरिनेछन् ।
यस वर्ष चितवनको पहिचान गराउन सफल रहेको केराको उत्पादनलाई विविधिकरण गर्दै न्यवसायिकता तर्फ उन्मुख गर्न अभिप्रेरित गर्ने उद्देश्यले केराको थामबाट रेसा उत्पादन गर्ने कार्यलाई परिसरमा प्रत्यक्ष प्रदर्शनी गर्न लागिएको जनाइएको छ ।विगतका महोत्सवहरूमा झैं विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिहरूको भेषभूषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारहरूको प्रस्तुति प्रतियोगितात्मक कृषि उपजको प्रर्दशनीले निरन्तरता पाउने जनाइएको छ ।
बाह्य सुरक्षाका लागि स्थानिय प्रशासनसँग समन्वय गर्दै आन्तरिक सुरक्षाका लागि सुरक्षागार्डको उचित व्यवस्था गरिएको छ भने महोत्सव परिसर २४ सै घण्टा सीसीटीभीको निगरानीमा रहनेछ ।महोत्सव परिसरमा खानेपानी तथा शौचालयको उचित प्रबन्ध गरिनुका साथै प्रदर्शक तथा अवलोकनकर्ताको सुविधाको लागि महोत्सव परिसरमा फ्री वाईफाईको व्यवस्था गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।
यस वर्षको महोत्सवको प्रवेश शुल्क सर्वसाधारणतर्फ १०० रुपैयाँ र विद्यार्थी सहुलियत ५० रुपैयाँ राखिएको छ भने अपांग, वृद्धवृद्धा तथा फरक क्षमता भएकाहरूको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । टिकट भौतिक रूपमा र अनलाइनबाट समेत पनि खरिद गर्ने व्यवस्था गरिएको छ । सञ्चारकर्मीलाई प्रवेश सुविधाको निम्ति आ–आफ्नो परिचय पत्र प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको संघले जनाएको छ ।आन्तरिक तथा बाहृय पर्यटकसहित करिब ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजक समितिको रहेको छ भने १५ दिनको अवधिमा करिब ३० करोड भन्दा माथिको कारोवार हुने अनुमान गरिएको छ
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij