काठमाडौँ । नेपाल राष्ट्र बैंकले साताको पहिलो दिन आइतबार बैंकिङ प्रणालीबाट फेरि ५० अर्ब तान्न लागेको छ ।बैंकिङ प्रणालीबाट ऋण प्रवाह नभएपछि तरलता बढेपछि राष्ट्र बैंकले त्यसलाई सोस्न निक्षेप संकलन उपकरणको प्रयोग गरेको हो ।
राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २१ दिनका लागि तान्न लागेको जनाएको छ ।यसअघि १८ गते ४० अर्ब बराबरको तरलता सोसेको थियो ।राष्ट्र बैंकले यसअघि निक्षेप संकलन मार्फत खिचेको २ खर्ब ८ अर्ब अझ परिपक्क हुन बाँकी नै रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij