Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

बाढी पहिरोबाट भएको क्षतिमा १२ अर्ब ८६ करोड ६६ लाख बढीको बीमा भुक्तानी

बाढी पहिरोबाट भएको क्षतिमा १२ अर्ब ८६ करोड ६६ लाख बढीको बीमा भुक्तानी

  • काठमाडौँ । बाढी र पहिरोबाट भएको क्षतिमा  १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार ३३१ रुपैयाँ बराबरको बीमा भुक्तानी दावी गरिएको छ । गत असोजको १० गते पछिको अविरल बर्षाले ल्याएको बाढी पहिरोबाट भएको क्षतिबारे  कूल ३ हजार ६८६ वटा दावीको आवेदन परेको हो ।

    नेपाल बीमा प्राधिकरणका अनुसार त्यसमध्ये हालसम्म १ हजार ८०९ वटा दावीको १ अर्ब ७८ करोड ८१ लाख ३८ हजार १५४ रुपैयाँ बराबर भुक्तानी भएको छ । सम्पत्ति बीमामा १ हजार ७७४ वटा दावी परेको छ । ९ अर्ब २२ करोड २५ लाख ५६ हजार २२८ बराबरको दावी सम्पत्ति बीमामा परेको छ ।

    यसैगरी इञ्जियिरिङ तथा ठेकेदार जोखिममा ३२४ वटा दावी परेको छ । त्यसमा २ अर्ब ८४ करोड १९ लाख २६ हजार ५९२ बराबरको दावी परेको छ । मोटर बीमा निजीतर्फ ९५४ वटा आवेदन परेको छ । त्यसमा ४१ करोड ५३ लाख ४४ हजार बराबरको दावी रकम माग गरिएको छ ।मोटर बीमा सार्वजनिकतर्फ ३९३ वटाको आवेदन परेको छ । त्यसमा २८ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरको दावी रकम माग गरिएको  छ । सामुद्रिक बीमामा २३ वटा आवेदन परेकोमा ४ करोड ४ लाख ९७ हजार रुपैयाँ बराबरको रकम माग गरिएको छ ।

    पशुपन्छी बीमातर्फ ६० वटा आवेदन पर्दा ३ करोड ८२ लाख ५५ हजार २६७ रुपैयाँ बराबरको रकम माग भएको छ । कृषि बाली बीमातर्फ १३७ वटा आवेदन पर्दा १ करोड ५ लाख ९१ हजार ६९५ रुपैयाँ बराबरको माग दावी  छ । विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार ७६७ रुपैयाँ बराबरको माग दावी भएको छ ।

    प्राधिकरणका अनुसार कोशीमा २६७ दावी परेकामा १५८ वटाको भुक्तानी भएको छ । मधेशमा १०८ वटामा ३७ को मात्रै भुक्तानी भएको छ । वर्षा र बाढी प्रभावित बाग्मती प्रदेशमा ३ हजार २१३ माग दावी रहेकामा १ हजार ५८५ वटाको बीमा भुक्तानी भएको छ ।गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ । कर्णालीमा ८ वटा आवेदन पर्दा ४ वटाको भुक्तानी भएको छ । यसैगरी  सुदूरपश्चिममा ६ वटा आवेदन पर्दा ३ वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij