Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

प्रोटिनमाथिको अधिकारबारे सचेतना जगाउन हाफ म्याराथनको आयोजना हुँदै

प्रोटिनमाथिको अधिकारबारे सचेतना जगाउन हाफ म्याराथनको आयोजना हुँदै

  • काठमाडौँ । प्रोटिन माथिको अधिकारबारे अभिप्रेरणा जगाउने उद्देश्यले माघ १२ गते हाफ म्याराथनको आयोजना गरिएको छ ।नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिन माथिको अधिकार राइट टु प्रोटिनको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनको लागि जनचेतना फैलाउने उद्देश्यले आगामी माघ १२ गते शनिबारका दिन काठमाडौमा हाफ म्याराथन चौथो संस्करणको आयोजना गरेको हो ।

    images

    विभिन्न विधाका दौड प्रतियोगिता आयोजना उक्त दिन बिहान ६ः३० बजे दशरथ रंगशालाबाट सुरु हुने जनाइएको छ ।दौड प्रतियोगिता दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा आई दौड कार्यक्रम समापन हुने र  कार्यक्रममा विभिन्न विधामा करिब ८,००० जना व्यक्तिहरु सहभागिता रहने हुने अपेक्षा गरिएको आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

    सहभागिता  र पुरस्कार राशिका हिसाबमा नेपालकै सब भन्दा ठुलो हाफ म्याराथन प्रतियोगिता विगत ३ वर्ष देखि आयोजना गरिँदै आएको  हो। यो प्रतियोगिताको गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारी प्रथम भएका थिए । यस प्रतियोगितामा हाफ म्याराथन पुरुष तथा महिला, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षा सम्मका विद्यार्थीहरुलाई ५ किमि (पुरुष) र ३ किमि (महिला), फरक क्षमता भएका व्यतिहरुको लागि विह्वलचेयर  पुरुष तथा महिला र बालबालिकाहरुको लागि रन फर फन विधाका दौडहरु समावेश गरिएका छन् । यस कार्यक्रमको जम्मा पुरस्कार राशि कर सहित रु १७ लाख ६३ हजार ३ सय ३३ रुपैया ३३  पैसा रहेको  जनाइएको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार रु एक लाख पचास हजार रहेको छ भने पाचौं स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ। 

    तेस्रो संस्करणसम्म हाफ म्याराथनका विजयीहरुलाई रु १ लाख (कर बाहेक) पुरस्कार दिइएको थियो भने यसपटक त्यसलाई बढाएर रु १.५ लाख (कर बाहेक) गरिएको छ । यस प्रतियोगितामा खेलाडीहरुको सुविधाको लागि रुटका विभिन्न स्थानहरुमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सहरुको व्यवस्था गरिएको छ । प्रतियोगिताको व्यवस्थापनको लागि ५०० जना स्वयं सेवकहरु परिचालन गरिने छ । नेपाल एथलेटिक्स एशोसिएसनको मान्यता, सह अयोजना एवं प्राविधिक सहयोगमा संचालन हुने यस प्रतियोगितालाई युनाइटेड स्टेट सोयाबिन एक्सपोर्ट काउन्सिल यूएसएसईसीको मुख्य प्रायोजन र  पशु सेवा विभाग तथा  नेपाल दाना उद्योग संघको विशेष सहयोग रहेको जनाइएको छ ।

    साथै कार्यक्रमको हस्पिटल पार्टनर प्राइमेरा हस्पिटल , टिकेटिङ पार्टनर ई सेवा , फुड पार्टनर केबी एग्रोर , हस्पिट्यालिटी पार्टनर काठमान्डु मोरियट होटल र फेयरफिल्ड बाइ मोरियट रहेको जनाइएको छ  कार्यक्रममा सहभागी हुन ई–सेवा तथा अनलाईन डब्लुडब्लुडब्लुडटरनफरप्रोटिनडटकमडटएनपी  मार्फत रु ३०० शुल्क बुझाई रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाईएको छ ।नेपाल भेटेरिनरी एशोसिएसनले आम जनसमुदायलाई  प्रतियोगितामा सहभागी भई कार्यक्रम भव्य रुपमा सफल पार्न आह्वान गरेको राइट टु प्रोटिन रन २०२५का संयोजक शितलकाजी श्रेष्ठ र नेपाल भेटरिनरी एशोसिएशनका कार्यवाहक अध्यक्ष डा. अशेष भट्टराईद्वारा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij