Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

सोमबार सुनको मूल्यस्थिर, आइतबारकै मूल्यमा कारोबार हुँदै

सोमबार सुनको मूल्यस्थिर, आइतबारकै मूल्यमा कारोबार हुँदै

  • काठमाडौँ । सुनको मूल्य सोमबार स्थिर हुन पुगेको छ । सोमबार आइतबारको प्रतितोला १ लाख ५२ हजार मूल्यमै कारोबार भइरहेको छ  ।शुक्रबारको मूल्यमा डेढहजार घटेर आइतबार १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको हो  । छपावाला सुनको भाउ आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।यस्तै चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६३६.६१ अमेरिकी डलर र चाँदी प्रतिऔंस २९.५९ डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij