Logo

Jan 08 2025 | २०८१, पुस २४गते

Jan 08 2025 | २०८१, पुस २४गते

images

रजनीश चन्द्रमोहन “ओशो “को जीवन  जगतलाई हेर्दा

रजनीश चन्द्रमोहन “ओशो “को जीवन  जगतलाई हेर्दा

डिसेम्बर १९३१मा मध्यप्रदेशको एउटा सानो गाउँ कुचवाडमा बेलुकी करिब ५.३१बजेको समयमा गाउको मध्यभागमा अवस्थित तलाउछेउको झाडीहरुमा झ्याउकककिरी कराउन थालिसकेका थिए।  खरले छाएका ससाना छाप्राहरुमा माइत आएकी सरस्वती जैनको कोखबाट मामाघरमा जन्मिएको बालकको नाम रजनीश चन्द मोहन जैनका बुबा बाबुलाल जैनका एघाराँै सन्तानमध्येका जेठा छोराको रुपमा रजनीश जन्मिएका थिए । मामाधर कुचवाडमै आफ्नो स्वर्णिम बाल्यकाल बिताएका उनले आफ्नो बाल्यकालमै मावली हजुरबाको मृत्युले गहिरो चोट असर साथै नजिकबाटै नियाल्ने मौका पाएका उनले भनेका छन् ।

बिछोडको आफ्नै सुन्दरता ,आफ्नै काव्यात्मकता छ यसको भाषा बुझ्न जरुरी छ एक पटक यसको गहिराईमा पस्नु जरुरी छ , उनले भनेका छन् । भगवान जीवन यो कस्तो चरम दुरुपयोग बाल्यकालका सुन्दर दिनहरु बिताउन नपाई बच्चालाई स्कुल पठाईन्छ । जीवन बहुमूल्य अठार वर्ष शिक्षाका नाममा हत्या गरिन्छ । मेरो जीवनमा यो प्रक्रिया लगभग आठ–नौ वर्षको उमेरमा सुरु भयो । म छब्बीस बर्ष पुगुन्जेल चलिरह्यो । विश्व विध्यालयको ढोकाबाट निस्किँदा मेरो खुशीको सीमा थिएन । स्वर्ण पदक पाउँन भन्दा धेरै खुशी । मलाई मुर्खहरुको जमातबाट उन्मुक्ति मिलेकोमा भइरहेको थियो ।  म पुन स्वतन्त्र भएको थिएँ । उनले धेरैले प्रेम भन्ने गरेको संवेदनालाई म उच्चकोटीको मित्रता भन्छु भनेर व्याख्या गरेका छन् । उनले धेरै विभिन्न किसिमका धर्मको बारेमा आआफ्नो किसिमबाट व्याख्या गरेका छन् । उनी पुस्तक प्रेमी हुन र सुरुवात लेबनानी लेखक खालिद नाईमीको प्रख्यात पुस्तक “बुक अफ मिर्दाद”बाट सुरु गरेका उनले लियो टोल्स्टोयको “द रिजेक्सन भन्ने किताब धेरै नै मन पराए।  हाइस्कुलको सुरुवातबाटै पुस्तक अध्यन गर्न सुरु गरेका उनले मेट्रिक सक्दासम्म हजाराँै पढिसकेका थिए ।ओशोले पन पराएका बुक मध्येका तीन चर्चित पुस्तक मध्ये “दस स्पेक जरथुस्र” ‘“द ब्रदर्स कारामाजोभ’” “द बुक अफ मिरदाद “ रहेको बताए । उनले स्नातकोत्तरमा भारतकै छात्रहरुलाई पछि पार्दै उत्कृष्ट नम्बर ल्याएसँगै स्वर्ण पदकको दाबेदार भएको थाहा पाए । तर उनलाई कुनै पदकको रुचि नभएको बताउँदै सम्पूर्ण  क्याम्पसकै अगाडी पदक ईनारमा खसाल्दै आफुले पदकसँगै आफु प्रथम भएको  भन्ने भावना पनि फालेको र आफुलाई केही भन्दा अब्बल नठानियोस भन्ने आग्रह समेत गरे उनले खलिल जिब्रान,दोस्तोभोस्की , टोल्स्टोय, चेखब, गोर्की, सुकुरात, प्लेटो , अरस्तु ,बर्टेन्ड रसेल लगायत लेखकहरुका र दार्शनिक पुस्तकको अध्यन गरेका थिए । उनले जीवनि , बच्चा र विवाहलाई यसरी परिभाषित गरेका थिए –“के शरीरका रुपमा जन्मिनु र यसको समाप्तिसँगै कुनै अस्तिव बिना पृथ्वीमै समाहित भएर जानु नै जीवनको सम्पूर्णता  हो” –“कुनै बच्चाको तपाई मालिक होइन तपाई केवल माध्यम हो “ –“विवाह मान्छेले आविस्कार गरेको संस्थाहरुमध्ये सबैभन्दा निकृष्ट सस्था हो”, –“मानवताको वृक्षमा हुर्किएको फल हो विवाह” अरुलाई विवाह  गर भन्नु अरुको स्वतन्त्रतामाथिको  हस्तक्षेप हो । असभ्यताको पराकाष्ठा हो “ मानवीतालाई धुजा धुजा भयो । भविष्यमा तपाईसँग  पैसा त होला तर आनन्द हँुदैन । तपाईसंग शक्ति त होला तर आनन्द हँुदैन । तपाईले सम्मान त पाउनु होला । तर चैन पाउनु हुन्न । आनन्द फक्रन्छ ऊत्तेजनाबाट कामोत्तेजनाले नै कामोत्तेजनाको रुपान्तरण गर्छ जुन दिनदेखि मान्छेले उत्तेजनाको विरुद्दमा सोच्न थाल्यो । त्यही दिनदेखि उ सामान्य मान््छेबाट असामान्य मान्छेमा झर्न थाल्यो । चन्द्रमा छुने चाहाना राख्नुहुन्छ भने धर्तीमा रहनुस् ।  जमिनमा रहनुस् । यदि तपाई आत्मा हुन चाहनुहुन्छ । तपाईको शरीरसंग तपाईले जरा गाड्नु पर्छ । तपाईले यौनमा जरा गाड्नु पर्दछ यदि तपाई साँच्चैको प्रेमी बन्न चाहानुहुन्छ भने यौन प्राकृतिक हो । पैसा अप्राकृतिक हो । यौन प्राकृतिक हो । तर शक्ति,शान ,सम्मान अप्राकृतिक हुन । आत्मा पनि शरीरबाटै पैदा हुन्छ  । प्रेम पनि यौनबाटै सिर्जना हुन्छ । यौन शरीरको कुरा हो । प्रेम आध्यात्मक कुरा हो । यौन हिलो जस्तो हो भने प्रेम कमलको फुलजस्तो हो । तर हिलो बिना कमल फुल फुल्न सक्दैन त्यसैले हिलोलाई घृणा नगर्नुहोस् ।  नत्र भने तपैँ हिलोबाट कसरी कमल निकाल्नुहुन्छ । यदि तपाई केहीलाई घृणा गर्न चाहनुहुन्छ भने पैसा शक्ति र सम्मानलाई घृणा गर्नुहोस् । प्रेमलाई नगर्नुहोस्  ।प्रेमको गहिराईमा पुगेर महिलालाई समात्नु अनुपम दृश्य हो । तर सय रुपैयाँको नोट देखेर त्यसैगरी मुग्ध हुनु कुरुप दृश्य हो । यो प्रतिस्थापन हो तपाइँ । प्रेम किन्न सक्नुहुन्न । तर यौन किन्न सक्नुहुन्छ । यौन भनेको वस्तु हो । प्रेम होईन तपाई प्रार्थना किन्न सक्नुहुन्न । तर पुजारी किन्न सक्नुहुन्छ । तर पुजारी वस्तु हुन । तर प्राथना होईन जुन कुरा किन्न सकिन्छ त्यो सामान्य वस्तु हो । याद राख्नुहोस शुद्धता पैसाको क्षमता भन्दा पर हुन्छ साधारण कुरा पैसाको शक्तिले किन्न सकिन्छ र यौन संसारको यस्तै वस्तु हो । यसलाई किन्न सकिन्छ । त्यसैले  जुन दिनदेखि क्रय बिक्रय नहुने वस्तुसँग परिचित बन्नुहुन्छ  ।

त्यसपछिमात्र तपाईका पखेटा पलाउँछन । अनि तपाई उडान भर्न सक्नुहुन्छ ।  रजनीश चन्द मोहन “ओशो “ किनभने पैसा जति यो देखिन्छ त्यतिमात्र होईन पैसा देखिने भन्दा धेरै जरा गाडेर बसेको तत्व हो पैसा तपाईको प्रिय चिज हो । पैसा मान्छेबाट पर भाग्नेकुरा हो । पैसा मृत्युको सुरक्षा हो । पैसा जीवनको नियन्त्रण गर्ने कुरा हो । पैसा हजारौ हो । र एउटा पनि हो । पैसाले विद्रोह गर्दैन  । यसले रेस्पोन्ड पनि गर्दैन । यो एउटा समस्या मात्र हो । स्वतन्त्रता प्रेमले मात्र दिन्छ र प्रेम ले त्यतिबेला स्वतन्त्रता दिन्छ जब तपाईले प्रेमलाई स्वतन्त्रता दिनुहुन्छ किनभने प्रेम यस्तो साम्राज्य हो जसलाई पैसाले किन्न सकिँदैन प्रेम यस्तो अधिकता हो जहाँ तपाई सडकमा भिकारी बन्न पनि सक्नुहुन्छ र हृदयमा प्रेम छ भने अरुबाट पनि प्रेम पाउनुहुनेछ र सबै कुरा पाउनुहुन्छ । तपाईलाई ताज पहिर्याउँछ । तपाईलाई राजा बनाउँछ । शारीरिक मिलन र निकटताभन्दा निकै भिन्न यस आयामकै नाम हो ।प्रेम भनेर भनेका छन । प्रेमले प्रेम जन्माउछ र घृणाले घृणा हामी जे दिन्छौ र त्यही नै फिर्ता पाउँछौ । यो प्रकृतिको नियम हो स्वतन्त्रताको वकालत गर्नै विश्व चर्चित व्यक्ति ओशोलाई अमेरिकी जेलमा हँुदा प्रशासनले उनको  शरीर गलाउनका लागि रेडियोधर्मी विकिरणयुत्त विष दिएको  आरोप लगाइयो ।  सन १९८९सेप्टेम्बर १२ तारेखका  दिन आफ्नो नामबाट “रजनीश “झिकेर अब उप्रान्त आफु ओशोले सम्बोधन गर्ने घोषणा गरे । आफुले मन पराएका बुक मध्येका “दस स्पेक जरथुस्र” ‘“द ब्रदर्स कारामाजोभ’” “द बुक अफ मिरदाद “ उनले वर्तमान क्षणप्रति मेरो पुरा ईमान्दारी र दायित्य छ त्यहाँ भन्दा बढी मेरो कुनै र कसै प्रति दायित्व  छैन भनेका छन् । जसरी सागरको गहिराई पता लगाउनु छ भने त्यहाँ डुबुल्की लगाउनै पर्छ । किनाराबाट अनुमान गरेर हँुदैन । त्यसैगरी अस्तित्वगत सत्य पत्ता लगाउन स्वयमको अस्तित्वलाई मेटाएर अस्तित्वको विराटतामा डुबुल्की लगाउनै पर्छ । ओशोले मृत्युपुर्व “जयश”लाई म मेरो सपना तिमीहरुलाई छाडेर जादै छु भन्ने सन्देश दिदै उनले आनन्दोलाई आफ्नो माध्यम मान्न आग्र गर्छन् १९९०को जनवरी १९दिन साँझ आफ्नै कोठामा केही निकट व्यक्तिहरुको उपस्थितिमा  आफ्नो प्राण त्याग्छन जन्म र मृत्यु त अथाह पुस्तकको एउटा पृष्ठजस्तो मात्रै हो ओशो जो न जन्मे न जसको मृत्यु भयो जो पृथ्वीमा केवल भ्रमण गर्नका निम्ती आएका थिए । मलाई विश्वास छ यो सबै रचनात्मक शत्तिलाई प्रयोग गर्ने हो भने सामुहिक आत्महत्या ,यघद्ध ,लगायतका अमानवीय कार्यबाट टर्ने मात्र होइन । नया बिहानी नया मानिस र नया  मानवीयता नया विश्वको सिर्जना गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij