Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

नेपालमा  थप ५७ हिमालको आरोहण खुला गरियो

नेपालमा  थप ५७ हिमालको आरोहण खुला गरियो

  • काठमाडौँ । नेपालले  थप ५७ वटा हिमालको आरोहण खुला गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी थप ५७ हिमालको आरोहण खुला गरेको हो । 

    images

    मन्त्रालयका सचिव कृष्णहरि पुष्करले जारी गरेको उक्त सूचनामा पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम २ को उपनियम १ बमोजिम हिमालको आरोहण खुला गरिएको जनाइएको छ ।

    यसअघि गत असोजमा सरकारले ती हिमालहरूको आरोहण खुला गर्ने निर्णय गरेको थियो । समुद्र सतहदेखि ६ हजारदेखि ६ हजार ६५ सय मिटरसम्मको उचाइ भएका यी हिमाल आरोहणको अनुमतिका लागि पर्यटन विभागले गत असारमै सिफारिस गरेर पठाएको थियो ।  यसअघि नेपालमा ४१९ हिमाल आरोहणका लागि खुला गरिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij