Logo

Jan 08 2025 | २०८१, पुस २४गते

Jan 08 2025 | २०८१, पुस २४गते

images

जापान टोकियो: ‘रातोमाटो रेस्टोरेन्ट’ले नेपाल बिर्स्यायो !

जापान टोकियो: ‘रातोमाटो रेस्टोरेन्ट’ले नेपाल बिर्स्यायो !

टोकियो । जापानस्थित टोकियोमा रहेको ‘रातोमाटो रेस्टोरेन्ट’ले नेपाल बिर्स्यायो ! कलाकार ईश्वर  गुरुङ जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी वगाले , साझासवालका सम्पादक अनिल अधिकारी , नयाँ सडकका सम्पदक ज्ञानप्रसाद पौडेल र एनआरएनए अभिन्ताहरू समेतलाई  टोकियोमा रहेको ‘रातोमाटो रेस्टोरेन्ट’ मा छिर्दा नेपाल बिर्स्याएको अनुभूति भयो ।

rk1.jpg

‘रातोमाटो रेस्टोरेन्ट’ को ढोका बाहिरै काठमा कुदेर बनाइएको पशुपति मन्दिर,  नेपाली पोशाकमा सजिएको मूर्ति, माटोबाट बनाइएको कछुवा, नेपाली शैलीको ढोका देखियो ।  रेस्टोरेन्ट भित्र छिरेपछि रेस्टोरेन्टका भित्ताहरूमा मिथिला शैलीमा बनाइएका घैला, नेवारी शैली बनाइएका करुवा, विभिन्न प्रकारका घन्टी, पशुपतिनाथ , स्वयम्भू र भैरवको  आकृतिहरू देखियो । त्योसँगै दिवगंत राजा वीरेन्द्रको पनि चित्र कोरिएको देखियो । झलक्क हेर्दा नेपालको पूर्वदेखि पश्चिमसम्म तराईदेखि हिमालसम्मका कला संस्कृति पहिचान झल्काउने सजावट देखियो ।

rv2.jpg

नेपालको मौलिक कला ,धार्मिक , सांस्कृतिक तथा विविधतायुक्त रेस्टोरेन्टको सजावटले रातोमाटो रेस्टोरेन्टमा छिर्ने नेपाल चिन्ने जो कोहीलाई नेपाल बिस्र्याउँछ । विश्वकै व्यस्त शहरहरू मध्येको एक टोकियोमा यस्तो देख्न पाउनुले आम नेपालीको छाती गर्वले फुल्छ । यो नेपाल र नेपालीका लागि गौरवको कुरा हो भने विदेशीका लागि नेपालको धार्मिक, सांस्कृतिक एवं विविधतायुक्त पहिचान झल्काउने थलो पनि हो ।

k 5.jpg

जापानको टोकियोमा रहेको ‘रातोमाटो रेस्टोरेन्ट’ मा सबै भाँडाकुँडा माटोका राखिएक छन् । पकाउनेदेखि खानेसम्मका प्रायः सबै भाँडाकुँडा माटाकै छन् ।नेपालको  विविध संस्कृति झल्काउने विभिन्न प्रकारका सामान , काठका टेबल नेपालबाटै लगिएको रहेछ । 
‘रातोमाटो रेस्टोरेन्ट’ मा नेपाली खाना, जापानीज खाना, भारतीय खाना, बंगलादेशी खाना, श्रंलकाली खानालगायतका खाना पाइने रहेछ । यद्यपि ‘रातोमाटो रेस्टोरेन्ट’ ले नेपालकै  विभिन्न प्रकारका खानाका परिकारहरूलाई प्राथमिकताका साथ मेन्यूमा राखेको पाइयो ।  

जापानस्थित टोकियोको  सिनओकुबोमा  रहेको रातोमाटो रेस्टोरेन्टका सञ्चालक लमजुङका शिवहरि पौडेल हुन् । विगत लामो समयदेखि जापान बस्दै आएका शिवहरिले रातोमाटोलगायत अन्य रेस्टोरेन्टहरू र अन्य व्यवसायहरू जापानको टोकियोमा सञ्चालन गर्दै आएका छन् । उनले एभरेस्ट ट्रेड नामक कम्पनी टोकियोमा सञ्चालन गर्दै आएका छन् । उक्त कम्पनीबाट रियलस्टेट, मनी एक्सप्रेस, ट्राभल एन्ड टुर, भिसा कन्सलट्यान्ट, डकुमेन्ट ट्रान्सलेट, अडिट, एजुकेशन कन्सलट्यान्सीलगायतका काम पनि गर्दै आएका छन् । पौडेलले नेपालमा रहँदा समेत विभिन्न ट्राभल एजेन्सीलगायतका व्यवसाय सञ्चालन गरेका थिए ।

‘रातोमाटो रेस्टोरेन्ट’ को टेबुलमा बसेर खानाको अर्डर गर्दैगर्दा हामी सबैले ‘वाउ ! रातोमाटो नेपाल बिर्साउने रहेछ’ भनेर लामो चर्चा समेत ग-यौँ । अधिकांश समय जापानमा बस्दै आएका कलाकार ईश्वर गुरूङ जापानमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न एनआरएनए अभियन्ताहरू र हामी नेपालबाट गएका पत्रकारहरूले रातोमाटो रेस्टोरेन्टले नेपाल बिर्स्याउने रहेछ भनेर चर्चा ग-यौँ । 

नेपाली खानाका पारखीहरूका लागि  ‘रातोमाटो रेस्टोरेन्ट’

p9.jpg

 जापानस्थित टोकियोको  सिनओकुबोमा  रहेको ‘रातोमाटो रेस्टोरेन्ट’मा नेपालको विभिन्न प्रकारका नेपाली खानाहरूको स्वाद लिन पाइन्छ ।नेपालको  धार्मिक सांस्कृतिक तथा विविधतायुक्त उक्त रेस्टोरेन्टमा नेपाली सबै प्रकारका खाना  पाइन्छ । उक्त रेस्टोरेन्टमा सबै प्रकारका गुणस्तरीय खाना पाइन्छ ।

p8.jpg

मटन, चिकन, बिरयानीका परिकारहरू, गुन्द्रुक, ढिँडो, नेवारी परिकारहरू र तराईदेखि हिमालसम्म खाइने अन्यप्रकारका खानेकुराहरू समेत ‘रातोमाटो रेस्टोरेन्ट’मा पाइन्छ । पारिवारिक वातावरणमा नेपालीपनको झल्को आउनेगरी उक्त रेस्टोरेन्टले खानाका परिकारहरू पस्किने गर्दछ । नेपालीहरूको अलावा नेपाली खाना मनपराउने विदेशीहरूको रोजाइमा समेत ‘रातोमाटो रेस्टोरेन्ट’ परेको कलाकार ईश्वर गुरूङको ठम्याइ रहयो ।

प्रतिक्रिया दिनुहोस

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij