Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

बुधबार सुनको प्रतितोला मूल्य ५सय बढेर १ लाख ५२ हजार ५सय रुपैयाँ

बुधबार सुनको प्रतितोला मूल्य ५सय बढेर १ लाख ५२ हजार ५सय रुपैयाँ

  • काठमाडौंँ । दुई देखि स्थिर रहेको सुन मूल्य  तोलामा ५ सय रुपैयाँ बढेको छ।  बुधबार लागि कारोबार मूल्य प्रति तोला १ लाख ५२ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    साताको पहिलो दिन तोलामा १५ सय रुपैयाँ घटेर प्रति तोला एक लाख ५२ हजार रुपैयाँमा भएको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रहेको थियो।चाँदीको मूल्य बुधबार स्थिर छ। मंगलबार तोलामा २० रुपैयाँ बढेर प्रति तोला १ हजार ८ सय ३० रुपैयाँ भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्न थालेको छ। नयाँ वर्ष लागेपछि सुनको मूल्य थोरै थोरै बढ्दै प्रति औंस २६४७.२१ डलरमा पुगेको छ। चाँदी प्रतिऔंस ३०.०१ डलर छ। मंगलबार सुन प्रति औंस २६३७.४६ डलर र चाँदी ३०.०४ डलर थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij