काठमाडौंँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको अर्थतन्त्र सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधार गर्न क्रियाशील रहेको बताएका छन् ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को पाँचौं समीक्षा मिसन टोलीसँग भएको भेटघाटमा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको जनाउँदै यस्तो बताएका हुन् ।
उनले नीतिगत तथा संरचनागत सुधारले थप नतिजा निकाल्न ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफू विश्वस्त रहेको बताए ।अर्थतन्त्रमा देखापरेका मुद्दा ऐन कानुन तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका काम अघि बढाउन सरकारले विशेष ध्यान दिएको बताउँदै मन्त्री पौडेलले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझाव राष्ट्रिय सन्दर्भ र आवश्यकता अनुसार अघि बढाउन सरकार प्रतिबद्ध रहेको जनाए ।
अर्थमन्त्री पौडेलले आईएमएफ सहकार्यमा पाँचौं समीक्षाको सफलता निकै महत्ववपूर्ण हुने विश्वास व्यक्त गर्दै यसका लागि नेपाली पक्षबाट पर्याप्त सहकार्य एवं समन्वय हुने बताए । उनले अर्थतन्त्र सुधारका विषयमा उठेका विषयबारे सम्बन्धित निकायसँग थप संवाद र परामर्श गर्न समीक्षा मिसनलाई आग्रह गरे ।भेटमा सर्वत जहान नेतृत्वको आईएमएफ टोलीले विगतका सुधार कार्यक्रम समीक्षा जारी रहेको र आगामी दिनका लागि गृहकार्यमा रहेको जानकारी गराएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij