Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

सिल्क ट्रान्सपोर्टमा राजस्व अनुसन्धानको छापा , १ लाख ३० हजार थान भेप राजस्वको नियन्त्रणमा

सिल्क ट्रान्सपोर्टमा राजस्व अनुसन्धानको छापा , १ लाख ३० हजार थान भेप राजस्वको नियन्त्रणमा

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले सिल्क ट्रान्सपोर्टमा छापा हानेको छ । ललितपुर ८  बालकुमारीमा रहेको सिल्क ट्रान्सपोर्टको गोदाममा राजस्व अनुसन्धान विभागले दुई दिन अगाडि छापा हानेकोे हो । राजस्व अनुसन्धान विभागको टोलीले सिल्क ट्रान्सपोर्टको गोदामबाट झण्डै एक लाख तीस हजार थान भेप नियन्त्रणमा लिएको छ ।

    राजस्वको टोलीले दुईओटा गाडीमा लोड गरी ल्याइएको भेप अहिले राजस्व अनुसन्धान विभागको प्राङ्गनमा छ । राजस्व अनुसन्धान विभागको टोलीले भेपबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । रमेश शेर्पाले सञ्चालन गर्दै आएको  सिल्क ट्रान्सपोर्ट बेला बेलामा विवादमा पर्दै आएको छ ।  सिल्क ट्रान्सपोर्टले ल्याएका गाडीहरू यसअघि पनि नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागले कारबाही गरेको राजस्व अनुसन्धान विभाग स्रोतले बताएको छ ।  समाचार स्रोतका अनुसार सिल्क ट्रान्सपोर्टले  उक्त भेप केही समय अगाडि नै गोदाममा ल्याएर थन्काएको बताइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij