Logo

Sep 17 2025 | २०८२, असोज १गते

Sep 17 2025 | २०८२, असोज १गते

images

सुनको मूल्यमा बिहीबार ८ सय वृद्धि भई तोलाको १ लाख ५३ हजार ३ सयमा कारोबार

सुनको मूल्यमा बिहीबार ८ सय वृद्धि भई तोलाको १ लाख ५३ हजार ३ सयमा कारोबार

  • काठमाडौंँ ।  सुनको मूल्य बिहीबार अघिल्लो दिनको भन्दा तोलामा ८ सय रुपैयाँ बढेको छ ।  बिहीबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यसअघि तोलामा ५ सय रुपैयाँ बढ्दा बुधबार प्रति तोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत आइतबारदेखि मंगलबारसम्म भने कारोबार मूल्य स्थिर रहेर तोलाको १ लाख ५२ हजार रुपैयाँमा  थियो।

    चाँदी अघिल्लो दिनका तुलनामा तोलामा १० रुपैयाँ बढेको छ। बिहीबार कारोबार मूल्य प्रति तोला १ हजार ८ सय ४० रुपैयाँ भएको छ। यसअघि गत आइतबार र सोमबार तोलाको १ हजार ८ सय १० रुपैयाँ रहेको चाँदी २० रुपैयाँ बढेर मंगलबार र बुधबार तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो। 

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दैनिक बढ्दो क्रममा छ। बुधबार प्रति औंस २६४७.२१ डलरले कारोबार भएकोमा बिहीबार बढेर प्रति औंस २६५९.११ डलर पुगेको छ।चाँदीमा पनि बढोत्तरी छ। बुधबार प्रति औंस ३०.०४ डलर रहेको चाँदी बिहीबार ३०.१३ डलरले कारोबार भइरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij