Logo

Jan 10 2025 | २०८१, पुस २६गते

Jan 10 2025 | २०८१, पुस २६गते

images

आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश

आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश

मोरङ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो । ‘प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ कानुन, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’, ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश बीउबिजनसम्बन्धी व्यवस्था गर्न बेनेको विधेयक’ प्रदेशसभामा पेस गर्ने आजको बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij