Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

आन्तरिक राजस्व विभागद्वारा पुस मसान्त भित्र कर बुझाउन सूचना जारी

आन्तरिक राजस्व विभागद्वारा पुस मसान्त भित्र कर बुझाउन सूचना जारी

  • काठमाडौँ । आन्तरिक राजस्व विभागले पुस मसान्तभित्र करको विवरण र कर बुझाउन ताकेता गरेको छ । विभागले आर्थिक वर्ष २०८१÷८२ को कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न ताकेता गरेको हो ।

    आयकर ऐन, २०५८ (संशोधनसहित)को दफा ९४ को उपदफा (१) बमोजिम आव २०८१÷८२ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ बमोजिम आव २०८१÷ ८२ को कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्ताबापतको ४० प्रतिशतले हुने रकम २०८१ पौष मसान्तभित्रै तिर्नु पर्ने व्यवस्था रहेको पनि विभागले विज्ञप्ति जारी गरी जनाएको  छ ।

    विभागले ठूला करदाता कार्यालय, मध्यम स्तरीय कर दाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित करदाता सेवा कार्यालयमा कर र कर विवरण बुझाउन अनुरोधसहितको सूचना जारी गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij