Logo

Jan 18 2025 | २०८१, माघ ५गते

Jan 18 2025 | २०८१, माघ ५गते

images

एल.ए. आगलागीको संरचना: हजारौं माइलसम्म फैलिएका अंगारहरू, 'अराजक' हावाहरू र जोखिमपूर्ण समयको मेलले सिर्जना गरेको प्रकोप

एल.ए. आगलागीको संरचना: हजारौं माइलसम्म फैलिएका अंगारहरू, 'अराजक' हावाहरू र जोखिमपूर्ण समयको मेलले सिर्जना गरेको प्रकोप

  • वासिङ्टन डीसी । अमेरिकाको क्यालिफोनिर्याको लस एन्जलस (एलए) सहरमा केही दिनदेखि जङ्गली डढेलो सल्किरहेको छ । सहरी बस्तीसम्म आइपुगेको यो डढेलो अमेरिकी इतिहासकै सबैभन्दा महँगो डढेलोमध्ये एक भएको विज्ञहरूले बताइरहेका छन् । अहिलेसम्म डढेलोका कारण भएको क्षति ५० अर्ब डलरभन्दा माथि पुगिसकेको विज्ञहरू बताउँछन् । निजी प्रक्षेपणकर्ता एक्यूवेदरको प्रारम्भिक प्रक्षेपणअनुसार डढेकोका कारण भएको क्षति ५२ अर्ब डलरदेखि ५७ अर्ब डलरको बीचमा छ ।

    डढेलोले अमेरिकामा सबैभन्दा महँगो मानिएको स्थानको घरहरूसमेत जलाएर खरानी बनाएको छ । अहिलेसम्म यसमा परेर झन्डै २ हजार घर जसिलसकेका छन् भने ५ जनाको मृत्यु भइसकेको छ । अधिकारीहरू आगो निभाउन प्रयासरत रहेको भएपनि डढेलो निभ्न सकेको छैन । एक्यूवेदरका प्रमुख मौसमविद् जोनाथन पोर्टरले यसलाई भयानक विपद् भनेका छन् । २०१८ मा उत्तरी क्यालिफोनिर्यामा भएको जङ्गली डढेलोमा ८५ जनाको मृत्यु भएको थियो भने ५० हजारभन्दा धेरै विस्थापित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij