Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

पर्राष्ट्र सचिवमा राई बढुवा , मन्त्रिपरिषद्का यी निर्णयहरू

पर्राष्ट्र सचिवमा राई बढुवा , मन्त्रिपरिषद्का यी निर्णयहरू

  • काठमाडौँ । सरकारको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ। शुक्रबार सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।मंगलबार बसेको बैठकले परराष्ट्रका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

    images

    यस्तै, सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको एक वर्ष पदावधि थप गर्ने निर्णय भएको हो।फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृत दिने निर्णय गरेको मन्त्री गुरूङले बताएका छन्।

    प्रवक्ता गुरूङले सरकारले सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्नेगरी काजमा खटाउने निर्णय गरेको बताए।उनले पुस २६ र २७ गते काठमाडौंमा हुने नेपाल भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा हुन वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गरी बैठकमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको पनि जानकारी दिए।

    उनले माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने वर्कसप अन इन्हान्सिङ एसआई–सिएसओ इंगेजमेण्ट इन द एएसओएसएआई रिलिजन कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि बताए।

    मन्त्रिपरिषद्का यी निर्णयहरू छन् ।

    cabinet-decision.jpg


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij